काठमाडौं । ट्रायम्फ मोटरसाइकलले नाडा अटो शो २०२४ मा आफ्ना दुई मोटरसाइकल सार्वजनिक गरेको छ । अटो शोमा ट्रायम्फको स्टलमा मोटरसाइकल हेर्ने र बुक गर्नेको भीड नै लागेको छ ।
ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले स्पीड ४०० र स्क्रयाम्बलर ४०० सार्वजनिक गरेको हो ।
कम्पनीले आकर्षक मूल्यमा ल्याएको यी दुई मोटरसाइकल स्टलमा अवलोकनकर्ताको पहिलो रोजाइमा पर्न सफल भएको छ ।
कम्पनीले स्पीड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्बल ४०० को मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ लिइरहेको छ ।

