मनसुन अघि नै नारायणी सिग्नेचर ब्रिजको पाइल फाउन्डेशनको काम सक्ने लक्ष्य

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरू भएको सिग्नेचर ब्रिजको निरीक्षण गरेका छन् ।

उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरी ठेक्का सम्झौता बमोजिमकै समय तालिकामा निर्माण सम्पन्न गरि नमूना परियोजनाको रूपमा उदाहरणिय रूपमा प्रस्तुत हुने गरी कार्य अघि बढाउन आग्रह गरे ।

४२० मिटर लम्बाइ रहेको उक्त पुलको लागत १ अर्ब ६९ करोड रुपैयाँ छ । अहिले पुलको मुख्य निर्माण सुरू गर्नु अगाडिका कामहरू भइरहेको छ ।

पुलको मनसुन सुरू हुनु अघि नै पाइल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

पुलको लम्बाइ ४२० मिटर रहेको छ । पुलको मुख्य बिशेषताको रूपमा दुई ठुला पाइलोन कन्क्रिट टावरमा स्टे केबलबाट पुलसडकलाइ सपोर्ट गर्ने सिस्टम रहेको छ ।


Back_to_top