काठमाडौं । मारुति सुजुकी इन्डियाले झण्डै ४० हजार युनिट ग्राण्ड भिटारा एसयूभी रिकल घोषणा गरेको छ ।
कम्पनीले ९ डिसेम्बर २०२४ देखि २९ अप्रिल २०२५ सम्म उत्पादन भएका ३९ हजार ५०६ युनिट भिटारा फिर्ता बोलाउने घोषणा गरेको हो ।
फिर्ता बोलाइएका गाडीको स्पीडोमिटर एसेम्बलीमा समस्या देखिएको छ । जसले इन्स्ट्रुमेन्ट क्लस्टरमा रहेकाे फ्युल लेभल इन्डिकेटर र वार्निङ लाइटले सही संकेत नदेखाई चालकलाई भ्रमित पार्न सक्छ । चालकले आफ्नो गाडीको ट्यांकीमा कति इन्धन छ भन्ने सही जानकारी नपाउने हुँदा समस्यामा पर्न सक्ने सम्भावना हुन्छ । जुन सुरक्षा र विश्वसनीयतामा ठूलो चिन्ता भएको कम्पनीको भनाइ छ ।
मारुतीले यस समस्याबाट उत्पन्न हुने कुनै पनि घटना बारे उल्लेख गरेको छैन । तर, ग्राहकको सुरक्षा र विश्वास जिती सावधानी अपनाउनका लागि रिकल सुरू गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकलाई आफ्नो गाडीमा शंका लागेमा आधिकारिक सर्भिस सेन्टरहरूमा ल्याउन अनुरोध गरेको छ । वारेन्टीको स्थिति जस्तोसुकै भए पनि फल्ट देखिएको सम्पूर्ण भाग निःशुल्क फेरिदिने कम्पनीले जनाएको छ ।
ग्राण्ड भिटार भारतीय बजारमा सर्वाधिक बिक्री हुने प्रिमियम एसयूभीहरू मध्ये एक हो । यो टोयोटा किर्लोस्कर मोटर प्लाण्टमा उत्पादन हुन्छ । र, नेक्सा नेटवर्क मार्फत बेचिन्छ।


