दैनिक ३०० बजाजका बाइक नेपालमै बनिरहेका छन्ः शेखर गोल्छा

काठमाडौं । करिब एक वर्ष अगाडि अब नेपालमै मोटरसाइकल उत्पादन हुन्छ भनेर निकै चर्चा गरियो तर बाइक उत्पादन सुरु भएको विषय बाहिर आएन । हुलास अटो क्राफ्टले नवलपरासीको परासीमा उद्योग उत्पादन गरेर बजाजका बाइक उत्पादन सुरु गर्न लागिएको जनाइएको थियो ।

त्यसपछि कुनै सार्वजनिक फोरममा बाइक बनाउन सुरु गरेको विषयमा आफ्नो कुरा नराखेका नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानी सम्मेलनमा यहाँ सवारीसाधन उत्पादनको सम्भावनालाई लिएर आफ्नो एसेम्बल प्लान्टबारे विदेशी लगानीकर्ताहरुलाई आस्वस्थ पार्न खोजेका छन् । 

गोल्छा अर्गनाईजेशनले नेपालमै दैनिक ३०० मोटरसाइकल उत्पादन गरिरहेको, त्यहाँ एक हजार जनाले रोजगारी समेत पाएका छन् भन्दै उनले भने ‘नेपालमा आउने कुनै पनि उद्योगलाई सवारीसाधन एसेम्बल प्लान्ट स्थापनाको प्रचुर संभावना रहेको छ ।’ 

करिब ६०० विदेशी लगानीकर्तालाई उनले नेपालमा गाडी उत्पादनको संभावनाको विषयमा बताई रहँदा उनले आफुले दैनिक ३०० गाडी उत्पादन गरिरहँदा समेत किन नेपालमा उत्पादन भइरहेको छ भन्ने विषय यसअघि जानकारी दिन सकेनन् ।

गोल्छाले अब बाइकलाई आवस्यक पर्ने अन्य सहायक कम्पनी खोल्ने तयारीमा आफुहरु रहेको र यहाँ लगानीको निकै ठूलो अवसर रहेको उनले जानकारी दिए । 


Back_to_top