यस्तो छ प्रहरीले किनेको कार्गेड मोटरसाइकल, आइपुग्यो नेपाल

काठमाडौं । प्रहरीले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खरिद गरेको कार्गेट मोटरसाइकल नेपाल आइपुगेको छ । प्रहरीले मोटरसाइकल खरिदका लागि केही समयअघि गरेको टेन्डरमा सुजुकीले मोटरसाइकल खरिदको टेन्डर जितेको थियो । 

प्रहरीले खरिद गरेको मोटरसाइकल नेपालमा आइपुगेर तयार पार्ने क्रममा मेरोअटोले फोटो फेला पारेको छ । प्रहरीले १३ करोड ९७ लाख रुपैयाँमा ३० वटा सुजुकीका मोटरसाइकल खरिद गरेको हो । 

जापानी मोटरसाइकल उत्पादन कम्पनी सुजुकीले उत्पादन गरेको ६ सय ५० सीसी इन्जिन क्षमताका ३० वटा मोटरसाइकल आइपुगेको हो । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भीजी सुजुकीले उक्त मोटरसाइकल ल्याएको हो । 

भीजी सुजुकीको टेकूमा रहेको पीडीआई (प्रि डेलिभरी इन्सपेक्सन) सेन्टरमा मोटरसाइकल जडान भइरहेको छ । जापानबाट सीबीयू (कम्प्लिट बिउल्ड युनिट) आयात भएको हो । अबको केही समयमा कम्पनीले उक्त मोटरसाइकल नेपाल प्रहरीलाई हस्तान्तरण गर्नेछ । 


Back_to_top