काठमाडौं । आजबाट सुरु भएको नेपाल सुपर लिग फुटवलमा अटो कम्पनीहरुले राम्रो सहभागिता जनाएका छन् । विभिन्न ७ फ्रेन्चाइज फुटवल क्लवले सहभागिता जनाएको यस प्रतियोगीतामा ३ मोटर कम्पनीले प्रयोजन गरेको छ ।
प्रतियोगितामा सहभागि क्लव काठमाडौं रेजर्स र पोखरा थन्डर टीम अटोव्यवसायी विष्णुकुमार अग्रवाल र निरञ्जन श्रेष्ठले खरिद गरेका हुन् । अग्रवाल नेपालमा यामाहा, जीप, स्कोडा र जेसीबीका आधिकारीक विक्रेता हुन् भने श्रेष्ठ हुन्डाई, बीएमडब्ल्यू र एसएमएलका आधिकारीक विक्रेता कम्पनीका मालिक हुन् ।
काठमाडौं रेजर्सको मुख्य प्रायोजक यामाहा रहेको छ भने पोखरा थन्डरको मुख्य प्रायोजक हुन्डाई मोटर्स रहेको छ । हुन्डाई अन्तर्राष्ट्रिय फुटवलमा पनि ठूला क्लवमा मुख्य प्रायोजक रहँदै आएको कम्पनी हो ।
यी दुई बाहेर धनगढी फुटवल क्लवको मुख्य प्रायोजक किया मोटर्स रहेको छ । यसले पहिलो पटक आयोजना भएको सुपर लिगमा अटो कम्पनीहरुको आकर्षणलाई देखाएको छ ।
आजबाट सुरु भएको लिगमा अहिले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीच प्रतिस्पर्धा भइरहेको छ ।


