काठमाडौं । क्रोयसियन इलेक्ट्रीक हाइपर कार कम्पनी रिमिकले उत्पादन गरेको नभेरा कारले २७४.७४ किलोमिटर प्रतिघन्टाको स्पीडमा ब्याक गर्दा विश्व रेकर्ड बनेको छ । कम्पनीले रिभर्समा पाएको यो स्पीडसँगै विश्व रेकर्ड बनाएको हो ।
गत मे महिनामा पनि उक्त कारले मात्र २९.९३ सेकेन्डमा ४०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडेर रेकर्ड बनाएको थियो । उक्त टेस्टमा नभेरा हाइपर कारलाई शून्यबाट १०० किलोमिटरको स्पीड पुग्न केबल १.८१ सेकेन्ड लागेको थियो ।
नभेराले यसअघि पिन्नफर्निया ‘बाटिस्टा’ मोडलले बनाएको १.८६ सेकेन्डको रेकर्डलाई ताड्दै नयाँ रेकर्ड कायम गरेको हो । उक्त परिक्षणमा यो कारले एकै दिनमा २३ वटा नयाँ पर्फमेन्स रेकर्डसमेत राख्न सफल भएको थियो ।
जर्मनीमा रहेको ४ किलोमिटर लामो सिधा बाटोमा गरिएको परिक्षणमा नभेराले उक्त रेकर्ड बनेको हो । यसको चारै चक्कामा छुट्टा छुट्टै मोटर रहेको छ । यी चारवटै मोटरको संयुक्त पावर १९१४ हर्सपावर र टर्क २३६९ न्यूटन मिटर छ ।
कम्पनीले नभेरा कारमा १२० किलोवाट आवरको ब्याट्री प्याक छ । यसलाई फुल चार्ज गर्दा ४९० किलोमिटर गुडाउन सकिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।
उक्त कारमा सुपर कम्प्यूटर प्रयोग गरिएको छ, जसले प्रत्येक चक्काको टर्क एक सेकेन्डमा १०० पटक क्याल्कुलेट गर्ने क्षमता राख्छ । यो कारको मूल्य २ बिलियन यूरो अर्थात आजको विनिमय दर अनुसार करिब २८ करोड ४० लाख नेपाली रुपैयाँ पर्नेछ ।


