५० भन्दा बढी कनेक्टेड फिचरसहित आउँदै अल न्यू क्रेटा

काठमाडौं । हुन्डाईले नयाँ जेनेरेशन क्रेटामा ५० भन्दा बढी कनेक्टेड फिचर दिएको जनाएको छ । कम्पनीले नयाँ क्रेटामा ब्ल्यू लिंक एडभान्स कनेक्टीभिटी दिएको जनाएको हो ।

पहिलो पटक हुन्डाईले क्रेटामा भ्वाइस कमाण्ड फिचर पनि दिएको छ । चालकले ‘हेलो व्ल्यू लिंक’ बोलेर यसको कनेक्ट फिचर एक्टीभेट गर्न सकिने छन् ।

‘नयाँ जेनेरेशन क्रेटाको माध्यमबाट हुन्डाईका ग्राहकलाई उत्कृष्ट टेक्नोलोजीको अनुभव दिने हाम्रो प्रयास हो । ‘हेलो व्ल्यू लिंक’ बोलेर यसमा रहेको कनेक्ट फिचरहरु एक्टीभेट गर्न सकिने छ । हुन्डाई आफ्ना ग्राहकलाई खुसी राख्न सधै तत्पर रहेको छ, नयाँ क्रेटाले नयाँ ड्राइभिङ अनुभव प्रदान गर्नेमा हामी विस्वस्त छौं’, हुन्डाई इन्डिया लिमिटेडका सेल्स मार्केटिङ एण्ड सर्भिस डाइरेक्टर अरुण गर्गले भने ।

हुन्डाईले नयाँ जेनेरेशन क्रेटामा एडभान्स व्ल्यू लिंक र स्मार्ट वाच इन्ट्रीगेटेड एप्लीकेशन दिइएको छ । भ्वाइस कमाण्डको मद्दतले ग्राहकले यसको सनरुफ समेत खोल्न सक्ने छन् । यसका अलावा सिट भेन्टीलेटेड कन्ट्रोल, क्लाइमेट कन्ट्रोल, फ्यान स्पीड कन्ट्रोल, एयर इन्टेक कन्ट्रोल जस्ता फिचर भ्वइस कमाण्डबाट संचालन गर्न सकिने छ ।

यस्ता छन् अन्य विशेषता

क्रेटाको नयाँ जेनेरेशन मोडल ‘अल न्यू क्रेटा’ आगामी मार्च १७ देखि भारतमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले भारतमा बनाएको नयाँ जेनेरेशन क्रेटाको इन्टेरियर भेरियन्ट अनुसार फरक हुने बताइएको छ । संभवत कम्पनीले नयाँ क्रेटालाई ५ फरक डिजाइनको क्यावीनमा उपलब्ध गराउने छ ।

सुरक्षाको लागि नयाँ क्रेटाको स्टायडर्ड भेरियन्टमा डियूल एयरव्याग, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर जस्ता फिचर उपलब्ध रहने छ । यसका अलावा कुल्ड सिट, वायरलेस चार्जिङ, सनरुफ, पावर एड्जस्टेवल ड्राइभिङ सिट र फ्ल्याट बटम स्टेरिङको विशेषता पाउन सकिने छ ।

नयाँ जेनेरेशन क्रेटा बीएस ६ इन्जिनमा उपलब्ध रहने छ । यसमा कम्पनीले किया सेल्टोसमा प्रयोग गरेको १.५ लिटर पेट्रोल र डिजेल दुबै इन्जिन दिएको छ भने १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा पनि नयाँ क्रेटा आउने अनुमान गरिएको छ । यसमा किया सेल्टोसको जस्तै समान म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ ।

पहिलेको तुलनामा नयाँ क्रेटामा निकै बोल्ड एक्टेरियर दिइएको छ । स्प्लीट हेडल्याम्प सेटअपको साथमा क्यास्केडिङ फ्रन्ट ग्रिल, सम्पूर्ण एलइडी लाईट, अगाडी र पछाडि दुबै स्थानमा फ्युक्स स्कीड प्लेटले गाडीलाई निकै स्पोर्टी देखाएको छ ।

साइडबाट हेर्दा यसमा प्रयोग भएको ‘स्क्वायर्ड आउट आर्क ह्वील’ले नयाँ क्रेटालाई निकै मस्कुलर देखिएको छ । भने यसमा डियुल टोन अलोय ह्वील, पछाडिको पार्टमा प्रयोग गरिएको स्प्लीट लाइट सेटअपले नयाँ क्रेटा पुरानोको तुलनामा निकै आकर्षक देखिने छ ।


Back_to_top