काठमाडौं । केटीएमले आफ्नो आरसी सिरिजको नयाँ जेनेरेशन मोडलमा काम गरिरहेको समाचार यसअघि नै बाहिर आएको थियो । कम्पनीले आरसी १२५, आरसी २०० र आरसी ३९० को नयाँ जेनेरेशन मोडल सार्वजनिक गर्नुअघि नै अनलाइनबाट तस्विरहरु बाहिर आएको हो ।
प्रस्टसँग देख्न सकिनै थुप्रै परिमार्जनसहित नयाँ मोटरसाइकलको तस्विर सार्वजनिक भएसँगै अहिले यसको चर्चा बढिरहेको छ । स्पोर्टस् डिजाइनको नयाँ जेनेरेशन आरसीमा फ्रन्ट कौल र हेडल्याम्प पूर्णत नयाँ प्रयोग गरिएको छ । सिंगल पिस हेलोजेन हेडल्याम्प नयाँ जेनेरेशनमा पाउन सकिन्छ । फ्रन्ट कौलको अन्तिममा एलइडी डेटाइम रनिङ लाइट, न्यू डिजाइन फ्रन्ट फेयरिङ, फरक किसिमको भाइजर यसमा दिएको छ ।
पछाडिको भाग पनि पूर्णत रिडिजाइन गरिएको छ । स्लीक एलइडी टर्न इन्डिकेटर, नयाँ स्प्लीट सिट, बडी ग्राफिक्स, फरक कलर अप्सनमा देख्न सकिन्छ । नयाँ फ्रेम, क्लीप अन ह्याण्डलबार, नयाँ डिजाइनको अलोय ह्वील, डिस्क ब्रेक, टिएफटी इन्ट्रुमेन्ट क्लष्टर नयाँ जेनेरेशन मोडलमा पाउन सकिन्छ ।
यसका अलावा कर्नरिङ एबीएस, वाई डिरेक्सन क्वीकसिफ्टर, स्लीप एण्ड एसिस्ट क्लच जस्ता फिचर रहेका छन् ।

