नयाँ जेनेरेशन फोर्ड इकोस्पोर्टमा १.२ लिटर इन्जिन

फाइल तस्विर

काठमाडौं । फोर्डको नयाँ जेनेरेशन इकोस्पोर्टमा १.२ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइने भएको छ । कम्पनीले २०२१ को सुरुवातमा नै नयाँ जेनेरेशन इकोस्पोर्ट बजारमा ल्याउने गरि काम गरिरहेको जनाएको हो ।

फोर्ड इकोस्पोर्टमा अहिले १.५ लिटर क्षमताको इन्जिन रहेको छ । भारतमा महिन्द्रा र फोर्ड बीचमा साझेदारी सुरु भएसँगै नयाँ जेनेरेशन इकोस्पोर्टमा महिन्द्राले बनाएको १.२ लिटर टर्बो इन्जिन प्रयोग गर्न लागिएको हो ।

महिन्द्राले यो इन्जिनलाई आफ्नो पहिलो सबफोर मिटर एसयूभी ‘एक्सयूभी ३००’ मा दिएको छ । अहिले भारतमा इकोस्पोर्टको र एक्सयूभी ३०० बिक्री लगभग उस्तै रहेको छ । यद्यपी भारतमा बनेको सर्वाधिक सुरक्षित कारको फाइदा भोलिका दिनमा एक्सयूभी ३०० पाउने देखिन्छ ।

यसमा रहने १.२ लिटर टर्बो चार्ज्ड फोर सिलिण्ड पेट्रोल इन्जिनले अधिकतम १०९ बीएच पावर र २०० एनएम टर्क प्रदान गर्छ ।

अहिले नेपालमा यी दुबै मोडलको गाडी बिक्री वितरण हुँदै आएको छ ।


Back_to_top