काठमाडौं । हिरो मोटोकर्पले भारतमा १२५ सीसी सेग्मेन्टमा पहिलो पटक क्रुज कन्ट्रोल फिचर दिएर नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।
हिरोले भारतीय बजारमा ग्ल्यामर मोटरसाइकलको नयाँ भर्सन ग्ल्यामर एक्स १२५ मा क्रुज कन्ट्रोल सहित अन्य नयाँ फिचरहरू दिएर सार्वजनिक गरेको हो । १२५ सीसीको मोटरसाइकलमा क्रुज कन्ट्रोल भएको यो पहिलो मोडल हो ।क्रुज कन्ट्रोल आधुनिक कारमा हुने फिचर हो ।
कम्पनीले २०२५ हिरो ग्ल्यामर एक्स १२५ ड्रम र डिस्क गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ। यसको ड्रम भेरियन्टको मूल्य भारु ८९ हजार ९९९ र डिस्क भेरियन्टको ९९ हजार ९९९ रुपैयाँ (एक्स शोरूम) निर्धारण गरिएको छ ।
हिरो ग्ल्यामर एक्समा १२४.७ सीसी सिंगल सिलिण्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ११.४ ब्रेकहर्स पावर र १०.५ एनएम टर्क जेनेरेट गर्छ । स्मुथ राइड प्रदान गर्नका लागि कम्पनीले यसमा ब्यालेन्सर सफ्ट र साइलेन्ट केमचेन दिएको छ।
नयाँ ग्ल्यामरको सबैभन्दा विशेष फिचर भनेको क्रुज कन्ट्रोल हो । जसले १२५ सीसी सेगमेन्टमा यो सुविधा प्रदान गर्ने पहिलो मोटरसाइकल बनाउँछ ।

साथै, मोटरसाइकलमा ६० भन्दा धेरै फङसन भएको ब्लुटूथ कनेक्टिभिटी सहितको पूरा डिजिटल एलसीडी क्लस्टर छ । यसमा पूरा एलईडी लाइटिङ सेटअप, टाइप सी चार्जिङ पोर्ट, टर्न बाई टर्न नेभिगेसन, कल एसएमएस अलर्ट, प्यानिक ब्रेक अलर्ट, गियर इन्डिकेटर, फ्युल इफिसियन्सी डाटा, रेन्ज टु एम्टी, ब्राइटनेस एड्जस्ट्मेन्ट सिस्टम र इको, रोड, पावर गरि तीन राइड मोड लगायतका फिचरहर पाउन सकिन्छ ।
५ कलर अप्सनमा उपलब्ध नयाँ ग्ल्यामरमा हिरो ब्राण्डेड अन्डर सिट स्टोरेज, लामो ह्याण्डलबार, ब्याकरेस्ट, नक्कल गार्ड, ट्यांक नी प्याड, छोटो विन्डस्क्रीन, इन्जिन गार्ड, प्यान र फेन्डर एक्सटेन्सन, नयाँ बास हेभी सिग्नेचर एग्जस्ट, सिंगल पिलियन सिट, नाइलन ग्रिप टायर, अलोय ह्वील, डिस्क र ड्रम ब्रेक (अप्सनल), टेलिस्कोपिक फर्क, ५ स्टेपको एड्जस्टेबल हाइड्रोलिक अब्जर्बार रहेको छ ।
यो पहिलो १२५ सीसी क्षमताको मोटरसाइकल हो जसमा थुपै्र अत्याधिक फिचरहरू पाउन सकिन्छ ।

