आन्दोलनमा उत्रिए स्कुल बस, चक्रपथ घुम्ने

काठमाडौं । शिक्षा विधेयको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सडक आन्दोलनमा उत्रिएको छ ।

विधेयकका राखिएका व्यवस्थाहरू निजी विद्यालयको हित विपरीत रहेका भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

विद्यालय संचालहकरूले आफ्ना बसहरूलाई आन्दोलनमा प्रयोग गरेका छन् । देशभरका निजी विद्यायलले आज बिहान ११ बजेपछि आफ्ना सवारी साधनहरूमा कालो ब्यानर टाँसी विद्यालय नजिकैको चोकमा उतारेका छन् ।

काठमाडौं उपत्यकामा भने विद्यालयहरूले संचालकले आफ्ना बस चक्रपथमा प्रदर्शन गरेका छन् । उनीहरूले प्रतिघण्टा २० किमीको स्पीडमा पूरै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।

त्यस्तै, आज दिउँसो माइतीघर मण्डलामा भेला भई संघीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको छ ।


Back_to_top