न्यू हुन्डाई भेन्युमा देखियो आकर्षण, ८० हजार नाघ्यो बुकिङ

काठमाडौं । कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले ६ वर्षपछि बजारमा ल्याएको भेन्युको नयाँ जेनेरेसनमा ग्राहकको उच्च आकर्षण देखिएको छ ।

गत नोभेम्बर पहिलो साता भारतमा सार्वजनिक भएको न्यु हुन्डाई भेन्युको बुकिङ उल्लेख्य मात्रमा भएको हो ।

हुन्डाई इन्डियाका अनुसार ३ महिनामै कम्पनीको बुकिङ ८० हजार नाघेको छ । नयाँ जेनेरेसन भेन्यु नयाँ ग्राहकको रोजाइमा परेको छ ।कम्पनीका अनुसार कुल बुकिङ ४८ प्रतिशत माग पहिलोपटक कार किन्नेहरूकाे रहेको छ ।

कम्पनीले हुन्डाईले भेन्यू एसयूभीलाई पहिलेको भन्दा अग्लो, फराकिलो र बक्सी डिजाइनमा बजारमा ल्याएको छ । साथै, कम्पनीले बाहिरी डिजाइन परिवर्तनसँगै क्याबिन र सुरक्षा फिचर धेरै थपेको छ ।

नयाँ भेन्युमा एडास लेभल टु उपलब्ध भेन्यूमा ३६० डिग्री क्यामरा, ड्राइभ मोड, ट्रयाक्सन मोड, विन्डो सनसेड, फ्रन्ट पार्किङ सेन्सर, रिक्लाइनिङ रियर सिट, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड जस्ता फिचर दिइएको छ ।

हुन्डाईले यसमा बेसको ८ स्पीकर दिएको छ । जसले म्युजिकप्रेमीहरूलाई खुसी बनाउन सक्नेछ । ड्यासबोर्डमा १२.३ इन्चका दुई ठूला स्कृन उपलब्ध छ । पहिलेको भन्दा धेरै फिजिकल बटनहरूको प्रयोग गरिएको छ । थ्री स्पोक स्टेरिङ ह्वील, नयाँ डिजाइनको सेन्टर कन्सोल, एम्बियन्ट लाइट जस्ता फिचर छन् ।

यसमा नयाँ डिजाइनको १६ इन्चको ह्वील छ । नयाँ हुन्डाई पुरानै १.२ लिटर कप्पा पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । जसमा पेट्रोल अप्सनमा ५ स्पीड म्यानुअल र टर्बोमा ७ स्पीड ड्यूलक्लच गियरबक्स दिइएको छ । डिजेल इन्जिनसँग भने ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ ।


Back_to_top