नयाँ जेनेरेशन इकोस्पोर्टकाे पछाडि ढोकामा स्पेयर टायर नहुने

काठमाडौं । फोर्डको चर्चित सब फोर मिटर एसयूभी इकोस्पोर्टको पछाडि ढोकामा राखिएको स्पेयर टायर धेरैले ध्यान दिने विषय हो । कतिले त सानो एसयूभीमा पछाडि टायर देख्नासाथ इकोस्पोर्ट भन्ने ठम्याउने गर्छन् ।

तर, अब यो स्थानबाट कम्पनीले स्पेयर टायर हटाउने भएको छ । फोर्ड इकोस्पोर्टको नयाँ जेनरेसन मोडल बजारमा आउने तयारी भइरहेको छ । कम्पनीले इकोस्पोर्टको ‘एसई’ भेरियन्टमा मात्रै टेलगेटमा झुन्डियको स्पेयर टायर हटाउने भएको हो ।

यसरी पछाडिबाट स्पेयर टायर हटाएसँगै नयाँ इकोस्पोर्ट अब युरोप र नर्थ अमेरिकामा बिक्री भएको जस्तै देखिने भएको छ । नयाँ मोडलमा नम्बर प्लेटको रिपोजीसनीङ भएसँगै रियर बम्परको पनि रिडिजाइन भएर नयाँ सिल्भर कलरको स्किड प्लेट राखेको छ ।

नयाँ जेनेरेशन मोडलले इकोस्पोर्टको गुम्दै गएको कम्प्याक्ट सेग्मेन्टको मार्केट पुन फर्कन सहयोग मिल्ने अपेक्षा कम्पनीले गरेको छ । एसई भेरियन्ट बाहेक इकोस्पोर्टको अन्य भेरियन्टमा पछाडि स्पेयर टायर रहन सक्ने छ ।


Back_to_top