यस्तो छ होन्डाले आज प्रकाशन गरेको २७ मोडलको नयाँ मूल्यसूची

काठमाडाैं । होन्डाको लागि नेपालको आधिकारीक वितरक स्याकार ट्रेडिङले होन्डाका मोटरसाइकल तथा स्कुटरको मूल्यसूची प्रकाशन गरेको छ । आज प्रकाशित मूल्यसूचीमा होन्डाका २७ मोटरसाइकल तथा स्कुटरको मूल्य प्रकाशन गरिएको हो ।

होन्डाले आफ्ना स्कुटर, मोटरसाइकल र ठूला पर्फमेन्स बाइकको मूल्यसूची आज प्रकाशन गरेको छ । प्रकाशित मूल्यसूचीमा होन्डा सिबी साइन, सिबी यूनिकर्न, सिबीआर, सिएफआर, एक्सआरलगायतका मोडल छन् भने स्कुटरमा डियो, एभिएटर, ग्राजिया, एक्टीभा जस्ता मोडल बिक्री वितरण गर्दै आएको छ ।

आज नेपालमा बिक्री हुने अधिकांश ब्राण्डको मूल्यसूची नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालले प्रकाशन गरेको हो ।


Back_to_top