यामाहाले सार्वजनिक गर्यो नयाँ मूल्यसुची, यस्तो छ सबै मोटरसाइकल मूल्य

काठमाडौं । नाडा अटोमोवाइल एसोसिएशन अफ नपालले आज सार्वजसनिक गरेको सवारीसाधनको नयाँ मूल्य सुचीमा यामाहा मोटरसाइकलको १६ मोडलका मोटरसाइकलको मूल्य प्रकाशित गरेको छ ।

उक्त मोटरसाइकलमा सबैभन्दा कम मूल्यको स्कुटर यामाहा रे जेडको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै सबैभन्दा धेरै मूल्यको मोटरसाइकल यामाहा आर १५ भी ३को मूल्य ४ लाख ६४ हजार ९०० रहेको छ ।

यामाहाको नेपालको लागि आधिकारिक वितरक एमएडब्ल्युले नेपाली बजारमा रे जेड, रे जेडआर, एनम्याक्स१५५, फसिनो जस्ता स्कुटर तथा सलुटो, एसजेड आरआर, एफजेड, एफजेड २५, आर १५ भी ३, एमटी १५, फेजर२५,एक्सटीजेड जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ ।


Back_to_top