भोलि टीभीएसले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने

काठमाडौं । भारतीय मोटरसाइकल ब्राण्ड टीभीएसले भोलि १२ बजे नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले कुन मोटरसाइकल सार्वजनिक गर्न लागेको हो, भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन ।

विभिन्न मिडिया रिपोर्टलाई आधार मान्ने हो भने कम्पनीले अपाचे आरटीआर १६० फोर भीको नयाँ जेनेरेशन मोडल वा अपाचे आरआर ३१० आपी मध्ये एक मोडल बजारमा आउने छ । कम्पनीले आधिकारीक जानकारी बाहिर नल्याएको कारण कुन मोडल बजारमा आउँछ भन्ने थाहापाउन अझै केही घन्टा कुर्नु पर्ने हुन्छ ।

कम्पनीले मिडियालाई पठाएको निमन्त्रणा पत्रमा ‘अल न्यू रेसर्स च्वइस’ लेखिएको आधार र यसअघि सडक परिक्षणमा देखिएको मोडललाई मिलाएर मिडियाले आ-आफ्नै हिसावले अनुमान लगाएका हुन् ।

कम्पनीले नेशनल मोटरसाइकल रेसिङ च्याम्पेनसिपमा आधारित रहेर १६५ सीसी क्षमताको आरपी मोडल यसअघि नै ल्याएको कारण ३०१ देखि ४०० सीसी सेग्मेन्टमा नयाँ आरपी मोडल आउने धेरैले अनुमान गरेका छन् । तर, धेरै पटक परिक्षणमा देखिएको कारण १६० फोर भीको नयाँ जेनेरेशन मोडल आउन सक्ने पनि अनुमान चलिरहेको छ ।

रेसिङ डिएनएबाट प्रेरित नयाँ मोटरसाइकल कुन कस्तो आउँछ भन्ने एकिन गर्न भने केही घन्टा कुर्नुको अर्को विकल्प छैन ।


Back_to_top