काठमाडौं । नेपाली बजारमा हिरो जुम ११० स्कुटरको नयाँ भेरियन्ट बिक्री सुरू भएको छ ।
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सीजी मोटर्सले हिरो जुम ११० स्कुटरको कम्ब्याट बीएस ६ ओबीडी टू नयाँ भेरियन्टको बिक्री सुरू गरेको हो ।
कम्पनीले जुम ११० स्कुटरको कम्ब्याट बीएस ६ ओबीडी टू भेरियन्टको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ तोकेको छ ।
कम्पनीले हिरो जुम ११० स्कुटरको कम्ब्याट बीएस ६ ओबीडी टू टप भेरियन्टका रूपमा नेपालमा ल्याएको हो ।यससँगै अब नेपालमा हिरो जुम ११० स्कुटर चार भेरियन्टमा उपलब्ध भएको छ ।
यसअघि नेपालमा हिरो जुम ११० स्कुटरको कम्ब्याक्ट एडिसन, जेड एक्स डिस्क र भीएक्स ड्रम गरी तीन भेरियन्ट बिक्री हुँदै आएको छ ।
जसमा भीएक्स ड्रम भेरियन्टको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ, जेडएक्स डिस्कको २ लाख ६४ हजार ९०० रुपैयाँ र कम्ब्याट एडिसनको २ लाख ७१ हजार ९०० रुपैयाँ रहेको छ ।
हिरो जुम ११० झट्ट हेर्दा इलेक्ट्रीक स्कुटर भिडा जस्तै देखिन्छ । जुम ११० को फ्रन्ट एप्रोनमा एक्स सेप एलईडी हेडल्याम्प, रियरमा टेल लाइट र कर्नरिङ लाइटका साथै यसको ह्याण्डलबार काउलमा नै सानो विण्ड स्क्रीन पाउन सकिन्छ ।
हिरो जुममा कम्पनीले पूरा डिजिटल क्लस्टर र स्मार्ट कनेक्ट फिचर पनि दिएको छ । यसमा लाइभ ट्रयाकिङ, स्पीड अर्लट, जिओफेस अलर्ट, टोपल अर्लट, ट्रीप एनालाइसेस जस्ता धेरै फिचर प्रयोग गर्न सकिन्छ ।
साथै, आई थ्री एस टेक्नोलोजी, एसआई इन्जिन, चार्जिङ पोर्ट, अन्डर सिट स्टोरेज, डिस्कब्रेक, फ्रन्टमा टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बार, रियरमा स्प्रिङ लोडेड हाइड्रोलिक ड्याम्पर र अलोय ह्वील छ ।
जुम स्कुटरमा ११०.९ सीसी, सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक एफआइ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८.०५ बीएच पावर तथा ८.७५ एनएमको टर्क जेनेरेट गर्छ ।

