भारतमा ४५ हजार हुन्डाई क्रेटा बुकिङ, यस्ता छन् विशेषता

काठमाडौं । हुन्डाई मोटर्सले आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ जेनेरेशन मोडलको बिक्री सुरु गरेको केही दिनमा नै कोभिड १९ को असरको कारण लकडाउन सुरु भएको थियो । यद्यपी लकडाउनको ४ महिनाको अवधिमा ४५ हजार यूनिटभन्दा बढी नयाँ जेनेरेशन क्रेटा बुकिङ भएको कम्पनीले जनाएको छ ।

हुन्डाई इन्डियाले आज जारी गरेको विज्ञप्ती अनुसार क्रेटामा ग्राहकको आकर्षण अत्यन्त धेरै रहेको छ । कम्पनीको अनुसार डिजेल भेरियन्टको क्रेटा बुकिङ ५५ प्रतिशत रहेको छ ।

अहिले क्रेटा तीन इन्जिन अप्सनमा उपलब्ध रहेको छ । जसमा १.५ लिटर पेट्रोल र डिजेल इन्जिन छ भने १.४ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ ।

यसमा रहेको १.५ लिटर पेट्रोल इन्जिनले अधिकतम ११५ पीएस पावर र १४४ एनएम टर्क प्रदान गर्छ । त्यस्तै १.५ लिटर डिजेल इन्जिनले ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ । त्यसैगरि १.४ लिटर टर्बो पेट्रोल इन्जिनले १४० पीएस पावर र २४२ एनएम टर्क प्रदान गर्छ ।

नयाँ जेनेरेशन क्रेटामा १०.२५ इन्चको होरिजेन्टल टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसको साथमा हुन्डाईको व्ल्यू लिंक कनेक्टीभिटी, पानारोमिक सनरुफ, वायरलेस चार्जर, इलेक्ट्रीक पार्किङ ब्रेक, लेदर र्याप स्टेरिङ जस्ता फिचर समेटिएको छ ।

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल्स प्रालिले अबको केही महिनापछि नयाँ जेनेरेशन क्रेटा नेपाली बजारमा ल्याउने छ ।


Back_to_top