काठमाडौं । पछिल्लो ५ वर्षदेखि टाटा मोटर्सका प्यासेन्जर कार चर्चाको शिखरमा रहेका छन् । कम्पनीले ह्याचव्याक, सेडान र एसयूभी सेग्मेन्टमा नै निकै ठूलो सफलता हात पार्न सफल भएको छ । यस्तोमा कम्पनीले माइक्रो एसयूभी सेग्मेन्टमा हर्नविल बजारमा उतार्ने तयारी गरिरहेको छ ।
हर्नविल कम्पनीले ल्याउने इन्ट्री लेवल एसयूभी हुने कम्पनीले यसअघि नै जानकारी दिइसकेको छ । यो कारले बजारमा मारुती इग्नीस, महिन्द्रा केयूभी १०० सँग सिधा प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । अटो एक्स्पो २०२० मा टाटाले देखाएको हर्नविललाई हेर्दा यसमा थुप्रै सेग्मेन्टमा नै पहिलो फिचरहरु उपलब्ध रहने छ ।
१. डिजाइनः टाटाले हर्नविललाई इम्प्याक्ट २.० डिजाइन ल्याङ्गोवजमा तयार गरिरहेको छ । यही डिजाइन ल्याङ्गोवजमा टाटाले अल्ट्रोज र एच५ डिजाइन गरेको हो । यसलाई आधारमान्दा यो सानो गाडी निकै आकर्षक रहने अनुमान गर्न सकिन्छ ।
कम्पनीले यसमा स्प्लीट हेडल्याम्प प्रयोग गर्ने छ । साथै अगाडि र पछाडि दुबै बम्परमा स्कीड प्लेट रहने छ । जसले गाडीलाई एसयूभी फिल प्रदान गर्नेछ । ट्राइ एरो सेपको एलइडी टेलल्याम्पको रहने छ ।
२. साइजः साइज अनुसारपनि प्रतिस्पर्धीको तुलनामा यो कार ठूलो हुने छ । यसको लम्बाई ३८४० एमएम, चौडाई १८२२ एमएम र उचाई १६३५ एमएम हुने छ । सेग्मेन्टै कै धेरै २४५० एमएमको ह्वीलवेस यसमा पाउन सकिन्छ ।
३. इन्टेरियरः यसको ड्यासबोर्ड निकै आकर्षक रहने छ । यसमा ७ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम प्रदान गर्ने कमपनलिे जानकारी दिएको छ । यसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने छ ।
सेमिडिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्रुज कन्ट्रोल, हर्मनको प्रिमियम अडियो सिस्टम, फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचरले हर्नविललाई सेग्मेन्ट लिडर बनाउने अपेक्षा कम्पनीले गरेको छ ।
४. इन्जिनः इन्जिनका हिसावले पनि यो कार प्रतिस्पर्धीभन्दा पावरफुल हुने छ । यसमा १.२ लिटर थ्रि सिलिण्डर रेभोर्टन पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनले अधिकतम ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्ने छ । यसलाई कम्पनीले ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्समा बजारमा उतार्ने छ ।
५.मूल्यः मूल्यका हिसावले यसको मूल्य करिब २७ देखि ३० लाख रुपैयाँ भित्रै नेपाल आउने अनुमान गरिएको छ ।