४ नयाँ मोडलका कार ल्याउँदै निसान

काठमाडौं । जापनी अटोमोबाइल कम्पनी निसानले भारतीय बजारलाई लक्षित गर्दै ४ नयाँ मोडलका कारहरू ल्याउने भएको छ । भारतीय बजारको लागि कम्पनीले नयाँ प्रडक्टको लाइनअप तयार गरेको हो ।

कम्पनीले आगामी वर्ष भित्र भारतमा ४ वटा नयाँ प्रडक्ट लन्च गर्ने योजना सार्वजनिक गरेको छ । निसानले यसै वर्षको मध्यसम्म ४ मिटर लम्बाइ भएको एमपीभी सार्वजनिक गर्ने भएको छ । यो एमपीभी सीएमएफ ए प्लस प्लेटफर्ममा बन्नेछ । कम्पनीले टिजर समेत सार्वजनिक गरिसकेको यो एमपीभी रेनोको ट्राइभरसँग प्रतिपर्धी मोडल हुनेछ ।

त्यस्तै, निसान इण्डियाले आगामी वर्षको जनवरीदेखि अप्रिलसम्ममा कम्प्याक्ड मिड साइज सेग्मेन्टमा नया एसयूभी लन्च गर्नेछ । निसान पेट्रोलको डिजायनबाट प्रभावित हुने यो एसयूभी हुन्डाईको क्रेटासँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसको ६ देखि १२ महिनापछि निसानले ७ सिटे एसयूभी लन्च गर्नेछ । यो मोडलले हुन्डाईको अल्काजार, टाटा सफारी तथा महिन्द्रा एसयूभी ७०० सँग प्रतिस्पर्धा गर्नेछ ।

निसानले सन् २०२७ को अन्त्यसम्ममा इलेक्ट्रीक मोडल म्याग्नाइट ईभी लन्च गर्ने अनुमान गरिएको छ । रेनोको काइगर ईभी जस्तै ईभी स्पेसिफिक स्केडबोर्ड प्ल्याटफर्ममा विकास हुने यो भारतमा उत्पादन हुने पहिलो निसानको ईभी हुनेछ ।

पछिल्लो समयमा निसानले विश्वभरी आफ्नो बजार हिस्सा गुमाउँदै आएको छ । निसानले गत मंगलबार मात्रै ६७०.९ अर्ब घाटा भएको रिपोर्ट सार्वजनिक गरेको थियो । कम्पनीको आय गत वर्षको भन्दा १०९७.५ प्रतिशतले घटेको हो । यो रिपोर्ट २५ वर्षमा सबैभन्दा खराब भएको बताइएको छ ।

कम्पनीले घाटा कम गर्नको लागि आफ्नो विश्वमा रहेका १७ वटा फ्याक्ट्री मध्य सन् २०२७ सम्ममा ७ वटा बन्द गर्ने योजना सार्वजनिक गरेको छ । त्यस्तै, निसानले विश्वभरीमा २० हजार कर्मचारी समेत कटौती गर्ने बताएको छ ।

भारतमा पनि निसानले जोयन्ट भेन्चर प्लाण्टमा रहेको आफ्नो हिस्साको ५१ प्रतिशत फ्रेन्च कम्पनी रेनोलाई बिक्री गर्ने गत मार्चमै निर्णय गरिसकेको छ ।


Back_to_top