काठमाडौं । मारुती सुजुकी इन्डियाले उत्पादन गरेको फ्रङ्क्सले जापान एनक्यापमा फोर स्टार रेटिङ पाएको छ । नेपाली बजारमा समेत बिक्री हुँदै आएको फ्रङ्क्स क्रसओभरको क्र्यास टेस्ट सन्तोषजनक देखिएको हो ।
परीक्षण रिपोर्ट अनुसार फ्रङ्क्सले ८४ प्रतिशत अंक हासिल गरेको छ । अझ एड्भान्स अटोमेटीक इमर्जेन्सी कल सिस्टम क्याटगोरीमा ८ मा ८ अंक पाउन सफल भएको हो ।
पैदल यात्रुको सुरक्षामा १०० प्रतिशत अंक पाएको फ्रङ्क्सले यात्रु सुरक्षामा ८० प्रतिशत अंक पाएको थियो । सुरक्षामा अब्बल नै देखिएको फ्रङक्समा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ । यसको टप भेरियन्टमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, की–लेस एन्ट्री एन्ड गो, फ्याब्रिक सिट अपहोल्स्ट्री, पावर विन्डोज, स्टेयरिङका लागि टिल्ट एडजस्टमेन्ट, डुअल टोन इन्टेरियर पाउन सकिन्छ ।
हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, रियर डिफोगर, ह्वील कभरसहितको स्टिल ह्वील र प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।

