बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’को भाग्यशाली विजेता घोषणा

काठमाडौं । बाजजको नयाँ वर्ष स्कीम ‘खुसीको मिटर’को विजेता घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को अवसरमा आयोजना भएको खुसीको मिटर स्कीममा मोटरसाइकल किनेका मोसिम आलमले १ लाख जितेका हुन् ।

विराटनगरका आलमले बजाज पल्सर १५० मोटरसाइकल किनेका थिए । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले लक्की ड्रमार्फत विजेता घोषणा गरेको हो ।

कम्पनीले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए । जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू समेत जित्ने अवसर पाएका थिए ।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीहरूले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सफल भएका छन् । ग्राहकहरूले उक्त उपहारहरू प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए ।

‘खुसीको मिटर क्याम्पेन केबल एक प्रचारको लागि मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास थियो । साथै हामीले हाम्रा ग्राहकहरूलाई उनीहरूको निरन्तर विश्वासको लागि धन्यवाद दिन र वर्षको सुरुवातलाई साँच्चै विशेष बनाउन ‘खुसीको मिटर’ सुरु गरेका थियौं, हामी मोसीम आलमलाई विजेताको रुपमा हार्दिक बधाई दिन्छौं । साथै सम्पूर्ण सहभागीहरुलाई पनि धन्यवाद दिन चाहन्छौं,’ कम्पनीमा मार्केटिङ हेड अमितराज चालिसेले भने ।


Back_to_top