काठमाडौं । यामाहाका मोटरसाइकलमा अब १० वर्षको वारेन्टी पाइने भएको छ । यामाहा इन्डियाले बिक्री सुरू गरेको ४० वर्ष पूरा गरेको अवसरमा भारतमा उत्पादन भएका मोटरसाइकल तथा स्कुटरमा १० वर्षको वारेन्टी दिने भएको हो ।
कम्पनीले अहिले दिइरहेको २ वर्षको वारेन्टीमा ८ वर्षको एक्स्टेन्डेड वारेन्टी दिने भएको हो । कम्पनीले भारतमा उत्पादन भएका बाहेक अन्य देशबाट आयात गरिएको मोटरसाइकलमा भने यो वारेन्टी लागू नहुने कम्पनीको भनाइ छ ।
यो वारेन्टी प्लानले ग्राहकहरूले ढुक्कसँग यामाहाका मेड इन भारत उत्पादन चढ्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले दिने वारेन्टीमा इन्जिन, इलेक्ट्रोनिक कम्पोनेन्ट र एफआइ सिस्टममा रहेको छ ।
यामाहा इन्डियाले केही समयका लागि मात्र ल्याइएको यो वारेन्टी प्लानमा भारतमै बनेको यामाहा स्कुटर तर्फ फसिनो १२५ एफआइ, रेजेडआर १२५ एफआइ, एरोक्स १५५ मा लागू हुनेछ । स्कुटरमा १ लाख किलोमिटर र मोटरसाइकल तर्फ एफजेड सिरिज, एमटी १५ र आर १५ सिरिजमा १ लाख २५ हजार किलोमिटर वा १० वर्ष तोकिएको पार्टसमा वारेन्टी लागू हुनेछ ।
कम्पनीको ४० वर्ष पूरा भएको उपलक्ष्यमा ल्याइएको यो वारेन्टी प्लान केही समयपछि थोरै पैसा थप गरेर किन्न सकिने कम्पनीले बताएको छ