उत्पादन बन्द भयो निशानको टेरानो, निशान ‘किक’ आउँदै

निशानको कम्प्याक एसयूभी टेरानोको उत्पादन बन्द भएको छ । भारतीय बजारमा पछिल्लो ५ महिनामा ६ सय यूनिटको हाराहारीमा मात्रै बिक्री भएपछि कम्पनीले यसको उत्पादन बन्द गर्ने निर्णय गरेको रिसोर्स कम्पनी बीएचपीले जनाएको छ । 

कम्पनीले सन् २०१३ मा टेरानोलाई भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसपछि २०१७ मा फेसलिफ्ट गरेको टेरानोको विक्री अत्यन्त न्यून रहेसँगै कम्पनीले यसको उत्पादन बन्द गरेको हो ।

कम्पनीको मार्चदेखि अगस्टसम्मको बिक्री तथ्याङ्क हेर्दा उसले मासिक १२२ युनिटका दरलेमात्र टेरानो बिक्री गर्न सकेको देखिन्छ । 

भारतीय बजारमा जनवरीबाट निशानले आफ्नो बहुप्रतिक्षित एसयूभी ‘किक’को बिक्री सुरुगर्न लागेकाले पनी कम्पनीले टेरानोको उत्पादन बन्द गर्न लागेको हो । 

रेनो र निशानको एलायन्समा उत्पादन भएको टेरानोको उत्पादन बन्द गरेर यस प्लान्टबाट रेनो डस्टर मात्र उत्पादन गर्ने तयारी भइरहेको जनाईएको छ । 

१.६ लिटर के४एम पेट्रोल इन्जिन दिइएको यो गाडीले १०३ बीएचपी पावर र १४८ एनएम टर्क उत्पादन गर्छ भने १.५ लिटर के९के डिजेल इन्जिनले ८३.१४ बीएचपी पावर र २०० एनएम टर्क उत्पादन गर्छ । टेरानोमा २ सय ५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । 

नेपाली बजारमा राम्रै क्रेज रहेको यो गाडीको मूल्य पेट्रोल भेरिएन्टको ४५ लाख १५ हजार रुपैयाँ छ भने, डिजलबाट चल्ने टेरानोको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ छ ।


Back_to_top