काठमाडौं । निसानले भारतीय बजारमा किक्सको इन्ट्री लेवल भेरियन्ट ‘एक्सइ’ सार्वजनिक गर्ने भएको छ । किक्सको नयाँ भेरियन्ट ९ लाख ८९ हजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । यो भेरियन्ट १.५ लिटर के९के डिजेल इन्जिनमा आउने छ ।
कम्पनीले केही समय अगाडि डिजेल भर्सनको एक्सएल र एक्सभी भेरियन्टलाई अपग्रेड गरेको थियो । कम्पनीले ल्याएको एक्सइ भेरियन्टमा भने डबल फ्रन्ट एयरब्याग, एबीएस, इबीडी, ब्रेक असिस्ट, रियर पार्किङ सेन्सर, युएसबी ब्ल्यु टुथ कनेक्टीभिटी, कुल्ड ग्लोब बक्सको विशेषता दिइएको छ ।
निसान कनेक्ट टेक्नोलोजी प्याक उपलब्ध यो भेरियन्टमा १७ इन्च अलोय ह्वील लगाइएको छ ।
यसमा फ्रन्ट फग ल्याम्प, स्टेयरिंग माउन्टेड अडियो कन्ट्रोल, ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कार प्ले सपाेर्ट, इको ड्राइभिङको विशेषता प्रदान गरिएको छ ।
यस्तै, यसमा एलइडी प्रोजेक्टर ल्याम्प, ब्ल्याक ब्राउन डवल टोन इन्टेरियर, लेदर सिट, रियर फग ल्याम्पको वशेषता समेटिएको छ ।
निसान किक्स नेपाली बजारमा बिक्री वितरण हुँदै आएको एसयूभी हो ।


