अटो शोमा एनआइयूको नयाँ इलेक्ट्रीक स्कुटर, थाहापाउनुस् मूल्य र माइलेज

काठमाडौं । इलेक्ट्रीक स्कुटर बिक्रेता कम्पनी एनआइयुको लागि नेपालको आधिकारीक बितरक इको इन्फिनीटीले नाडा अटो शोमा नयाँ  इलेक्ट्रीक स्कुटर प्रदर्शनी तथा बिक्री गर्ने भएको छ । 

कम्पनीले भदौ १० गतेबाट सुरु हुने नाडा अटो शोमा एनजिटी इलेक्ट्रीक स्कुटरको बिक्री वितरण तथा प्रदर्शनी गर्ने भएको हो ।

कम्पनीले करिब दुइ महिना अगाडि सार्वजनिक गरेको यो स्कुटर चर्चित एन सिरीजमा निर्माण भएको हो । यो स्कुटरको मूल्य ४ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

यस स्कुटरमा बोच जिएमबीचको डबल ६० भि (३५ एएच) ब्याट्री लगाइएको छ भने, एफओसी भेक्टर कन्ट्रोल, प्यानासोनिक ब्याट्री युनिट, एलइडी हेडलाइट, एलइडी टर्निङ लाइट, एलइडी टेललाइट, एलइडी रियर लाइटको विशेषता दिइएको छ ।

यसमा कलरफूल स्मार्ट डिस्प्ले, क्रुज कन्ट्रोल, सिबीएस ब्रेकिंग, इनर्जी रिकभरी सिस्टम, अटो रुफ इन्डीकेटर, भेहिकल लोकेटर लगायतका विभिन्न  विशेषता दिइएको छ ।

एलसीडी ड्याशबोर्ड, सेन्ट्रल कन्ट्रोल युनिट, युएसबी चार्जिङ पोर्ट, डबल पिस्टन हाइड्रोलिक डिस्क ब्रेकजस्ता फिचरले ग्राहकलाई लोभ्याउन सक्छ ।

एकपटक फुलचार्ज गर्न झन्डै चार घन्टा समय लाग्ने यो स्कुटरले फुलचार्जमा झन्डै औषत १०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यो स्कुटर विभिन्न तिन मोड इ सेभ, डाइनामीक र स्पोर्टसमा चलाउन सकिन्छ । यसको किलोमीटर रेन्ज मोड अनुसार ९५ देखि १७० किलोमिटरसम्म रहने कम्पनीले जनाएको छ । यसको टपस्पीड क्षमता प्रतिघन्टा ७० किलोमिटर रहेको छ ।  एनआइयूले नेपाली बजारमा एम सिरीज, एन सिरीज र यू सिरीजका स्कुटर बिक्री गर्दै आएको छ ।


Back_to_top