काठमाडौं । निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटीफुल र कारिस्माटिक’ स्लोगनसहित बिक्री गर्दै आएको म्यागनाइट एसयूभीमा नयाँ स्कीम दिएको छ । कम्पनीले ल्याएको स्कीम अनुसार हरेक म्याग्नाइटको खरिदमा चार वर्षसम्म निःशुल्क पेट्रोल सुविधा ग्राहकले पाउने छन् ।
बजारमा बढ्दो ईभीको बिक्रीसँग प्रतिस्पर्धा गर्न कम्पनीले यो स्कीम ल्याएको बुझ्न सकिन्छ । साथै, ग्राहकले उक्त स्कीमबट चार वर्षको लागि ‘फ्रि रनिङ कस्ट’सहित महत्वपूर्ण वचत पाउने छन् ।
यसका अलावा कम्पनीले चालु आर्थिक वर्षको लागि वार्षिक कर पनि तिर्ने जनाएको छ ।
‘निसान म्याग्नाइट एसयूभी उत्कृष्ट पर्फमेन्स, कम्फर्ट र स्टाइलको मिश्रण हो । त्यहि कारण उपभोक्ताको पहिलो रोजाइ बनेको छ । हामी हाम्रा नयाँ ग्राहकहरूलाई विभिन्न लाभ तथा फाइदाहरू दिन नयाँ स्कीम प्रस्तुत गर्न पाउँदा उत्साहित छौं’, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले भने ।
निसान म्याग्नाइट नेपाली एसयूभी बजारमा उत्कृष्ट विकल्प रहँदै आएको छ । यसको ’रिसेल भ्यालु’ पनि राम्रो रहेको कम्पनीको दावी छ । गत सेप्टेम्बरमा सार्वजनिक गरिएको यसको एएमटी मोडलले राम्रो बिक्री पाउँदै आएको छ ।
कम्पनीले ल्याएको स्कीममा केही नियम र सर्तहरू लागू हुने बताइएको छ । साथै, सिमित अवधिसम्म मात्रै ग्राहकहरूले यसको लाभ लिन सक्नेछन् ।
१.० लिटर क्षमताको थ्री सिलिण्डर इन्जिन प्रयोग भएको म्याग्नाइट नेचुरल्ली एस्पीरेटेड र टर्बो पेट्रोलमा पाउन सकिन्छ ।
पायोनियर मोटो कर्पका देशभर रहेका १३ शोरुमहरूबाट निःशुल्क पेट्रोल स्कीममा ग्राहकले गाडी खरिद गर्न सक्नेछन् ।