काठमाडौं । जीप कम्पासको नयाँ जेनरेशन मोडल भारतमा नबन्ने भएको छ । यसको मतलब नेपाली बजारम पनि नयाँ जेनेरेशन कम्पास नआउने पक्का भएको हो ।
नेपाली बजारमा एमएडब्लू लाइफले भारतमा उत्पादन भएको जीप कम्पास आयात गरेर बिक्री गर्दै आएको छ । यसअघि नयाँ जेनेरेशन कम्पास आउने भनिएको थियो । तर, जीपको माउ कम्पनी स्टेलान्टीसले भारतमा कम्पासको नयाँ जेनेरेशनकाे उत्पादन नगर्ने घोषणा गरेको हो ।
विगत एक वर्षदेखि नयाँ प्लेटफर्ममा नेक्सट जेनेरेशन जीप कम्पास आउने भनिएको थियो । तर, स्टेलान्टीसले नयाँ जेनेरेशन कम्पास भारतमा ब्यवसायीक रुपमा सफल नहुनेभन्दै बन्द गर्नु परेको जनाएको छ ।
स्टेलान्टीसले थप ४०० देखि ५०० मिलियन डलर लगानी गरेर मात्रै नयाँ प्लेटफर्म बन्ने र त्यसमा जीप कम्पास बाहेक प्यूजो र सिट्रोनका मिडसाइज तथा साना एसयूभीसमेत बनाउने योजना बनाएको थियो । तर, भारत जस्तो अत्याधिक मूल्य सेन्सेटीभ मार्केटमा कम्पासले बजार लिन नसकेको उसको बुझाई छ । साथै, प्यूजोको मलेशियन बजारमा बिक्री घट्दो क्रममा रहेको कारण उक्त प्रोजेक्ट बन्द गर्नु परेको उल्लेख गरेको छ ।
नयाँ जेनेरेशन मोडल नआउने भएपनि कम्पास आगामी बर्षहरुमा पनि भारतमा उत्पादन भने भइरहने छ । भारतीय मोडलमा कस्मेटीक अपडेटहरु भने भईनै रहने जनाइएको छ ।
सन् २०१७ को जुलाईमा लन्च भएको जीप कम्पास सन् २०२१ मा फेसलिफ्ट भएको थियो ।


