यस्तो छ निसान टेक्टनको आधिकारिक माइलेज

काठमाडौं । हिजो मात्रै सार्वजनिक भइको निसानको नयाँ मिडसाइज एसयूभी टेक्टनको इन्धन खपत क्षमता (फ्युल इफिसेन्सी) सार्वजनिक भएको छ । निसानले टेक्टनको तिनै इन्जिनले दिने माइलेज सम्बन्धी आधिकारिक तथ्यांक सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार टेक्टनले पावर ट्रेन अनुसार प्रतिलिटर १७.८ किलोमिटर देखि १९.४१ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ ।

निसान टेक्टन १.० लिटर र १.३ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ । जसमा ६ स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको १.० लिटर टर्बो पेट्रोल इन्जिनले सबैभन्दा बढी प्रतिलिटर १९.४१ किमी माइलेज दिने कम्पनीको दाबी छ ।

त्यस्तै, १.३ लिटर टर्बो पेट्रोल इन्जिनले प्रतिलिटर १७.८ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । त्यस्तै, यसको अटोमेटिक गियर बक्स रहेको भर्सनले प्रतिलिटर १८.५ लिटर माइलेज दिने कम्पनीको दाबी छ ।

१.० लिटर इन्जिनले १०० पीएस पावर र १६६ एनएम टर्क उत्पादन गर्छ भने १.३ लिटर इन्जिनले १६३ एचपी पावर र २८० न्युटन टर्क प्रदान गर्छ ।

कम्पनीले सार्वजनिक गरेको यो माइलेज तथ्यांकले टेक्टनलाई यस सेगमेन्टका अन्य स्थापित एसयूभीहरूको तुलनामा बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ।

टेक्टनले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती सुजुकी ग्राण्ड भिटारा, टोयोटा अर्बन क्रुजर हाइराइडर, होण्डा एलिभेट, फक्सवागन टाइगुन, स्कोडा कुशाक र एमजी एस्टर जस्ता मोडल प्रतिस्पर्धी गर्नेछ ।

टेक्टन निसानले म्याग्नाइटभन्दा माथि राखेर ल्याएको सीएमएफबी प्लेटफर्ममा आधारित नयाँ एसयूभी हो ।  टेकटनमा सुरक्षालाई प्राथमिकता दिँदै सबै भेरियन्टमा ६ वटा एयरब्याग स्ट्याण्डर्ड रूपमा उपलब्ध गराइएको छ ।

यसका अतिरिक्त एडास लेभल टुमा पाइने फिचरहरू छन् । ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्र्याक्सन कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, फ्रन्ट डिस्क ब्रेक, रोलओभर सेन्सर, हाइ टेन्साइल स्टिल सेफ्टी केज, साइड इम्प्याक्ट प्रोटेक्सन बीम तथा पैदलयात्री सुरक्षा प्रणाली जस्ता फिचर स्ट्याण्डर्ड रूपमा समावेश छन्।

क्याबिनमा डुअल स्क्रीन सेटअप छ । साथै, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर एड्जस्टेबल फ्रन्ट सिट, एम्बियन्ट एलईडी लाइटिङ, हाइ सेन्टर कन्सोल, स्लाइडिङ स्टोरेज र उच्च सपोर्ट दिने सिट डिजाइन उपलब्ध छन् ।

निसानले टेकटनमा आफ्नो स्मार्टफोन एपमार्फत ५५ भन्दा बढी कनेक्टेड कार फिचर उपलब्ध गराएको छ । यसमा रिमोट इन्जिन स्टार्ट, एसी अन गर्ने सुविधा, रिमोट लकरअनलक, रिमोट लाइट तथा हर्न कन्ट्रोल, भेहिकल स्टाटस, फाइन्ड माई कार लगायतका सुविधा समावेस छन् ।


Back_to_top