काठमाडौं । असोज २५ गते (घटस्थापना )देखि कात्तिक १० गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रूट परमिट खुला गरिने भएको छ ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायहरुको बैठकले उक्त अवधिमा यात्रुवाहक सार्वजनिक सवारीको लामो तथा मध्यम रुट खुला गर्ने यस्तो निर्णय गरेको हो ।
दशैँको समयमा सार्वजनिक यातायातलाई सहज ढंगले संचालनका लागि देशभर रूट परमिट खुला गरिएको हो ।
विभागका अनुसार दशैंको समयमा हुने यात्रुको चापलाई मध्येनजर गर्दै देशका जुनसुकै स्थानमा रुट परमिटबिना सार्वजनिक यात्रुवाहक सवारी चलाउन पाइने छ ।
यद्यपि, कुनै बाटोमा विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका गाडी भने चलाउन नपाइने विभागले जनाएको छ ।

