काठमाडौं । नेपाली सडकमा पछिल्लो सयम विश्व बजारमा चर्चा पाउने महंगा गाडीहरु देखिन थालेका छन् । साथै रेगुलर बिक्रीको लागि महंगा ब्रान्डहरु भित्रिने क्रम पनि बढेको छ ।
अहिले पैसा भएका नेपालीले यी कारहरु फिल्ममा हेर्नमात्र होइन, चढ्न नै पाउने अबस्था आएको छ । सरकारले ल्याएको आर्थिक वर्ष २०७५।०७६को बजेटले यस्ता कारहरुमा भारी अन्तःशुल्क वृद्धि गरेको छ । यसले यस्ता महंगा गाडी खोज्नेलाई अझै महंगो बनाएको छ ।
याे पनि पढ्नुस्ः मोटरसाइकलमा लगाइएको सडक कर मजाक होइन अर्थमन्त्री ज्यू ?
युरोप र अमेरिकामा बनेका प्रिमियम कारहरु धमाधम नेपाल भित्रिन थालेका छन् । ल्यान्डरोभर, मर्सिडिज्, अउडी, बिएमडब्लु, हम्मर, जगुअरलगायतका चर्चित ब्राण्डहरु नेपाली सडकमा गुडेको भेट्न सकिन्छ ।
नेपालमा किशोर गियरले महंगा कारहरु भित्राउँदै आएको छ । किशोर गियरले ल्यान्डरोभर, मर्सिडिज, जगुअरका गाडीहरु बिक्री गर्छ । अउडी, बिएमडब्लु र हम्बर गाडी पनि व्यक्तिगत रुपमा नेपाल ल्याएर चढेको देखिन्छ ।
याे पनि पढ्नुस्ः सडक प्रयोग वापतको करमा अत्याधिक वृद्धि (सूचिसहित)
खासगरी व्यवसायीक घराना र कुटनीतिक नियोगका व्यक्तिहरु महंगा गाडीहरु चढ्छन् । कुटनीतिक नियोगका कर्मचारीलाई ड्युटी फ्रि सुविधा छ । कतिपय विदेशी दूतावास तथा विदेशी संस्थाहरु आफ्नै मुलुकको प्रतिष्ठित ब्रान्ड प्रयोग गर्न रुचाउँछन् ।
ल्यान्डरोभर र रेञ्जरोभर
विश्वको प्रशिद्ध प्रिमियम लक्जरी ब्राण्ड हो, ल्याण्डरोभर । नेपालमा ल्यान्डरोभर र रेञ्जरोभर कारहरू किशोर गियरले बिक्री गर्दै आएको छ ।
विशेषगरी व्यवसायिक घरानाको रोजाईमा ल्यान्डरोभर पर्ने गरेको छ । नेपालमा ५ मोडलका ल्याण्डरोभर गाडी बिक्री भएका छन् । अहिले नेपालमा ३ करोड रुपैयाँसम्मको ल्यान्डरोभर कुद्छ ।
याे पनि पढ्नुस्ः यी हुन् नयाँ बजेटले मूल्य नबढाएका बाइक र स्कुटर (मूल्य-सूचिसहित)
नेपालमा १ करोड ५० लाखदेखि २ करोडसम्मका ल्यान्डरोभर गाडी बढी बिक्री हुने गर्छन् । सिप्रदी समूहले झण्डै तीन करोड पर्ने गाडी किनेको छ । अब यस्ता कारहरु अन्तःशुल्कको वुद्धिसँगै करिब ५० लाख महंगो हुने छन् ।
मर्सिडिज
जर्मनको प्रशिद्ध ब्रान्ड मर्सिडज नेपाली सडकमा बाक्लै देख्न सकिन्छ । तीन वर्ष अगाडि कतारले ९ थान सुविधा सम्पन्न मर्सिडिज बेञ्ज कार नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो ।
बजारमा बाक्लो उपस्थितिसँगै एउटा ब्यवसायीक घराना मर्सिडिज कार आधिकारिक रूपमै नेपाल ल्याउने तयारीमा जुटेको छ ।
याे पनि पढ्नुस्ःकति सीसीको कारको मूल्य कति बढ्छ, सूचिसहित
नेपालमा छिट्टै अहिलेसम्मकै महंगो मर्सिडिज कार भित्रिँदै छ । झण्डै साढे ३ करोड पर्ने मर्सिडिज एस ३२० मोडल पनि नेपाली बजारमा रहेका छन् । अब यी विलाशी कारहरु निकै महंगो पर्ने छन् ।
जगुअर
दुई वर्ष अगाडी नेपाली बजारमा बेलायती प्रिमियम ब्रान्ड जगुर भित्रियो । जसले नेपाली कार पारखीको ध्यान खिच्यो । कारमा ठूलो लगानी गर्न खोज्ने प्रतिष्ठित व्यवसायीहरू जगुअर कार किन्न भनेर गए ।
नेपालमा जगुअर कार किशोर गियरले २०१४मा भित्राएको हो । बेलायती कम्पनी जगुअर ल्यान्डरोभर कम्पनीले जगुअर कार उत्पादन गर्दै आएको छ । नेपालमा जगुअर कार दुई मोडलमा ६ थान भित्रिएको थियो ।
जगुअर एक्स एफ र जगुअर एक्सजे एल गरी दुई मोडल नेपाली सडकमा कुद्छन् । पुरानो मोडल भएको हुँदा एक्स एफको मूल्य १ करोड ३० लाखदेखि १ करोड ४० लाखसम्म र एक्सजे एलको मूल्य १ करोड ५० लाखदेखि १ करोड ६० लाखसम्म तोकिएको छ ।
बिएमडब्लु
जर्मनी प्रिमिय ब्रान्ड बिएमडब्लु पनि नेपाली सडकमा देखिन्छ । यो विश्वकै चर्चित प्रिमियम लक्जरी ब्रान्डको रूपमा चिनिन्छ । विश्वका धनाढ्यहरू बिएमडब्लु चढेर हिँड्छन् । नेपालमा पनि यो कार भित्रिएको छ । यो गाडी व्यक्ति स्वयमले नेपाल ल्याएर चढ्दै आइरहेका छन् ।
अउडी
अउडी पनि प्रख्यात प्रिमियम कार ब्रान्ड हो । यो गाडी पनि नेपाली सडकमा कुद्न थालेको छ ।
हम्मर
नेपाली सडकमा हम्मर कार पनि हुँइकिन्छ । प्रमियम लक्जरी कार हम्मर आकर्षक डिजाइनमा रहेको छ ।

