मासिक ५ हजारभन्दा कम किस्तामा ‘पल्सर एनएस’

काठमाडौं । बजाजले हालै मात्र ५ हजार मासिक किस्तामा कुनै पनि मोटरसाइकल चढ्न सकिने स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा एनएस सिरिजको सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ मासिक ५ हजारभन्दा कममा किन्न सकिने भएको हो ।

बजाज मोटरसाइकलको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको पल्सर एनएस १२५ किन्न चाहने ग्राहकले ५० प्रतिशत मूल्य डाउन पेमेन्ट गरेर किन्न सक्नेछन् ।

यो योजनामा ग्राहकले बाँकी रकम ३६ महिनाको किस्तामा बुझाउने सुबिधा पाउँछन् । यसरी ३ वर्षको मासिक किस्तामा ग्राहकले मासिक ४ हजार ७८१ रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यो योजनामा कम्पनीले १२ प्रतिशत हाराहारीमा ब्याज लाग्ने जनाएको छ ।

यो मोटरसाइकलको मूल्य २ लाख ८७ हजार ९०० रुपैयाँ रहेको छ । एनएस २०० जस्तै देखिने एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयर कुल्ड, टु भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ ।

बीएस सिक्स इन्जिनमा उपलब्ध यो मोटरसाइकलले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५ मा दिएको छ ।


Back_to_top