ओडिसीले ल्यायो डेलिभरीका लागि उपयुक्त इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतको मुम्बई स्थित इलेक्ट्रीक भेइकल स्टार्टअप कम्पनी ओडिसीले डेलिभरीका लागि उपर्युत इलेक्ट्रिक दुई पाङ्ग्रे सार्वजनिक गर्ने घोषणा गरेको छ । ओडिसी ट्रोटको मूल्य ९९ हजार ९९९ रुपैयाँ (एक्सशोरुम) निर्धारण गरेर सार्वजनिक गरिएको हो ।

ट्रोट इलेक्ट्रिकमा २५० वाट क्षमताको मोटरको साथमा आईपी ६७ रेटेड ६० भोल्ट ३२ एम्पीयरआवरको ब्याट्री प्याक दिइएको छ । यस ब्याट्रीलाई ६० प्रतिशत चार्ज हुन २ घण्टा लाग्छ भने ४ घण्टामा पूर्णरुपमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

यो इलेक्ट्रीक स्कुटरलाई एक पटक फुलचार्ज गरेर ७५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ भने यसको टप स्पीड क्षमता २५ किलोमिटर प्रति घण्टा रहेको छ ।

ट्रोट स्कुटरको अगाडि ड्रम ब्रेक र पछाडि डिस्क ब्रेक दिइएको छ । यसको लोड क्षमता अधिकतम २५० केजी रहेको छ ।

यसमा स्कुटरमा ब्याट्री बार, स्पीड र थप अन्य डेटा प्राप्त गर्ने र सर्भरमा अपलोड गर्ने प्रविधिको जडान गरिएको छ । जसले ट्र्याकिङ, इ–मोबिलाइजेशन, जियो फेन्सिङका साथै अन्य नयाँ सुविधाहरुको प्रयोग गर्न सकिन्छ । इकमर्स कम्पनीहरुका लागि यी फिचर उपयोगी हुने कम्पनीको भनाई छ ।

यस इलेक्ट्रीक स्कुटरमा ग्यास सिलिन्डर, वजनदार हार्डवेयर उपकरणसँगै पानीको जार लगायतका ठूला सामान देखि दैनिक उपभोग्य वस्तुहरू जस्तै किराना, औषधि आदि सुरक्षित र सहजै बोक्न सक्ने क्षमता भएको कारण डेलिभरीका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

भारतमा यो इलेक्ट्रिक स्कुटर पहेँलो, कालो र रातो र मरुन गरी विभिन्न चार रङ्गमा उपलब्ध छ । यसमा राइडरको सहजताका लागि ट्रोट स्मार्ट बीएमएस, आइओटि ट्र्याकिङ डिभाइस, एलइडी ओडोमिटर लगायतका फिचर्स दिइएको छ ।

ओडिसी नेपाली बजारमा उपलब्ध हुँदै आएको इलेक्ट्रीक दुई पाग्रे ब्राण्ड रहेको छ । यसको मोटर पावर कम भएको कारण नेपालको तराई भेगमा भने यसलाई प्रयोग गर्न सकिन्छ । यो स्कुटर नेपाल आउने सम्भावना भने कम रहेको छ ।


Back_to_top