किन्ने हो रोयल इनफिल्डको राइडिङ गियर्स ? पाइन्छ बम्पर छुट

काठमाडौं । रोयल इनफिल्डले राइडिङ गियर्समा स्पेशल अफर सार्वजनिक गरेको छ । कम्पनीले रोयल इनफिल्डका आधिकारिक गियर्स तथा एपरल ‘लुगाहरु’मा ५० प्रतिशतसम्मको छुट योजना ल्याएको हो ।

रोयल इनफिल्डको आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिसले नक्शाल, टेकु र बालकुमारीमा रहेको शोरुममा यो स्कीम संचालनमा ल्याएको हो ।

राइडरको सुरक्षामा प्रयोग हुने सेफ्टिी गियर तथा रोयल इनफिल्डले नै उत्पादन गरेको विभिन्न एपरलहरुमा ५० प्रतिशतसम्मको छुट रहेको कम्पनीले जनाएको छ ।

रोयल इनफिल्डका राइडिङ बुट, ज्याकेट, प्यान्ट जस्ता गियर्समा ५० प्रतिशत छुट रहेको छ । साथै, डेनिम प्यान्ट, टिसर्ट, ग्लभ्स, सन ग्लास लगायतका सबै एशोसरिजमा ३० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

‘पछिल्लो समय राइडिङ गियर्सको प्रयोग गर्ने ट्रेन्ड बढ्दो छ । राइडिङ गियर्स प्रयोग गर्नु आफैमा राम्रो कुरा पनि हो । यसलाई बढावा दिनका लागि अल्फा अटोमोटिभले क्वालिटी गियर्समा छुट अफर ल्याएर बिक्री गरिरहेको छौं’, नक्साल शोरुम सेल्स हेड अनुज मल्लले भने ।
कम गुणस्तरका राइडिङ गियर्स प्रयोग गर्दा झनै असुरक्षित हुने बताउँदै जेनुयन गियर्स प्रयोग गरेर सुरक्षित हुन सकिने उनको भनाई छ ।

यो योजना फागुन ६ गतेदेखि सुरु भएको हो । आगामी २६ गतेसम्म अफर कायम रहने कम्पनीले जनाएको छ ।


Back_to_top