ओमोडामा ५४० डिग्री क्यामरा, यसरी गर्छ काम

काठमाडौं । एसयूभीमा ५४० डिग्री भ्यू क्यामेरा भन्दा तपाईलाई अचम्म लाग्छ सक्छ । हो, नेपालमा बिक्री सुरु हुन लागेको ओमोडा ई–५ यहि ५४० डिग्री देखाउने क्यामेरा पाउन सकिन्छ ।

अहिलेसम्म चर्चामा रहेको ३६० डिग्री सराउण्ड भ्यू क्यामेराको सट्टामा प्रयोग भएको ५४० डिग्री भ्यू क्यामेराले कस्तो भ्यू देखाउँछ भन्ने जिज्ञासा तपाईलाई पनि भयो होला । यसको सहज उत्तर ३६० डिग्री क्यामेराले गाडीको चारै तिरको दृष्य देखाउँछ । ई-५ मा ३६० डिग्री क्यामेराको अलवा गाडी मुनिको दृष्य देखाउने अर्को १८० डिग्री क्यामेरा पनि दिइएको छ । यी सबै क्यामेरा जोडेर ५४० डिग्री भ्यू देखाउने क्यामेरा तयार गरिएको हो ।

गाडीको मुनी देखाउने भएको कारण चलाउँदा तल्लो भाग छुन सक्ने सम्भावना सहजै देख्न सकिन्छ । त्यसको अलावा गाडी मुनी कुकुर, विराला, कुखुरा वा हाँस जस्ता जनावर र पंक्षी सुतेका छन् भने पनि सहजै देख्न सकिन्छ ।

विद्युतीय कार स्टार्ट गर्दा आवज पनि नआउने भएको कारण विद्युतीय कारले तल सुतेका जनावरलाई क्षती गर्न सक्ने भएको कारण ५४० डिग्री क्यामेरा दिइएको ओमोडाले जनाएको छ । साथै, यो क्यामेराले पार्किङ गर्ने समयमा समेत धेरै सजिलो बनाउँछ ।

सेग्मेन्ट लिडर फिचरमा उपलब्ध

केहि समय अगाडि नेपाली बजारमा लन्च भएको चेरीको नयाँ इलेक्ट्रीक ब्राण्ड ओमोडा ई-५ अहिले बुकिङ खुल्ला भइरहेको छ । एसपीजी अटोमोवाइलले फेब्रुअरी अन्तिमसम्ममा बिक्री सुरु गर्ने योजना बनाएको ई-५ एक फ्यूचरिस्टीक कार हो ।

ई-५ एसयूभीमा फिनड्रिम्सले बनाएको ६१ किलोवाटको ब्लेड ब्याट्री दिइएको छ । डब्लुएलटीपी टेष्ट अनुसार यसले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिन्छ । १८० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, एडास २.५ सुरक्षा फिचर अन्तर्गत १८ थरिका सुरक्षा फिचर यसको बलियो पक्ष हो । याे एसयूभी ग्लाेबल फाइभ स्टार सेक्यूरीटी स्ट्याण्डर्डकाे रहेकाे छ ।

यसका अलावा यो एसयूभीमा सेग्मेन्ट फस्ट थुप्रै फिचर रहेको छ । ६० लाख भित्रको गाडीमा इलेक्ट्रीक पावर टेलगेट, भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रीक पावर असिस्टेड स्टेरिङ सिस्टम, इलेक्ट्रीक पावर फ्रन्ट सिट, अटोमेटिक रियर भ्यू मिरर विथ डीभीआर, बटम लेस स्टार्ट/स्टप सिस्टम यसमा पाउन सकिन्छ ।

त्यसैगरी, सोनीको ८ वटा स्पीकर, २५६ कलरको एम्वीयन्ट लाइट, ड्यूल जोन अटोमेटीक एसी, १२.३ इन्चको डिउल स्कृन, ५० वाटको वायरलेस फास्ट फोन चार्जर, कुल्ड ग्लोब बक्स, ड्राइभर मोनिटरिङ सिस्टम, स्पेयर टायर दिइएको छ ।

ओमोडा ई-५लाई ह्वाइट, अक्टीक ग्रिन, व्ल्याक, ग्रे, रेड, सिल्भर र ब्लू गरी ७ फरक कलर अप्सनमा नेपाल ल्याउने कम्पनीको भनाइ छ । अहिले सिंगल टोन कलर भएको ई-५ को मूल्य ५९ लाख ४९ हजार र ड्यूल टोनको ५९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बुकिङ लिइरहेको छ ।


Back_to_top