काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले ओली कन्सेप्टमा आधारित इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । कम्पनीले एक पटकको फुल चार्जमा ४०० किलोमिटर भन्दा धेरै रेन्ज दिनेगरी ओलीमा आधारित कारहरु ल्याउने भएको हो ।
ओलीमा आधारित कारको लम्बाई ४.२ मिटर, चौडाई १.९० मिटर चौडाई र १.६५ मिटर उचाई रहने छ । कम्पनीले यसमा ४० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहनेछ । यो कन्सेप्टमा आधारित कारको टप स्पीड ११० किलोमिटर प्रतिघन्टा रहने छ । यसमा रहेको ब्याट्रीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल २३ मिनेट लाग्नेछ ।

सिट्रोनले भारतीय बजारमा उत्पादन गरेको सिथ्रीको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने अनुमानका बीच कम्पनीले ओली कन्सेप्ट सार्वजनिक भएको हो । आधुनिक डिजाइन र बजेट कारको रुपमा यो कन्सेप्ट आउने अनुमान गर्न सकिन्छ ।





