६० लाखभन्दा कम मूल्यमा ओमोडा ई-५, ग्राउन्ड क्लियरेन्स १८० एमएम

काठमाडौं । चेरीको सहायक कम्पनी ओमोडाको इलेक्ट्रीक एसयूभी ई-५ नेपाल आएको छ । सुरुमा ‘डेमो भेहिकल’को रुपमा ल्याइएको ई–५ को मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको हो ।

आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले आगामी फेब्रुअरीबाट बिक्री सुरु गर्न लागेको ओमोडा ई-५ मा बीवाइडीको सहायक कम्पनी फिन ड्रीमले उत्पादन गरेको ब्लेड ब्याट्री प्रयोग भएको छ । यो मोडलको सिधा प्रतिस्पर्धा पनि बीवाइडी एटो-३ सँग हुने देखिन्छ ।

ओमोडा ई-५ मा ६१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ ।

आधुनिक फिचर र कटिङ एज टेक्नोलोजीमा आधारित रहेर तयार पारिएको ओमोडा ई-५ ले नेपाली बजारमा कस्तो व्यापार गर्छ, त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top