काठमाडौं । नेपाली बजारमा बिक्री सुरु भएको पहिलो वर्ष नै ईभी सेग्मेन्टमा १० प्रतिशत बजार हिस्सा ओगट्न सफल ओमोडा/जेकोले पहिलो वर्षको सफलता साट्न भन्दै विशेष स्कीम संचालन गरेको छ । ओमोडा जेकोको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले आफ्ना विद्युतीय कारमा ५ लाख १५ हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको हो ।

ओमोडा/जेको ब्राण्डमा दुई एसयूभी बजारमा उपलब्ध छन् । ओमोडा ई-५ र जेको जे-६ दुई एसयूभीको आयात कम्पनीले ८०० युनिट माथि गरिसकेको छ । ५६ लाखदेखि ७० लाख रुपैयाँसम्म मूल्य पर्ने यी दुई एसयूभीमा कम्पनीले आकर्षक स्कीम दिएको हो ।
कम्पनीका अनुसार ओमोडा/जेकोका ईभी किन्ने ग्राहकले ३ लाख रुपैयाँ अनिवार्य नगद छुट पाउने छन् । त्यसको अलावा २ लाख १५ हजार रुपैयाँ बराबरको अन्य सुविधा पाउने छन् । जसमा एक वर्षको फुल इन्स्योरेन्स, एक्सचेन्ज बोनस, ७ किलोवाटको वाल चार्जर, एक वर्षको वार्षिक कर प्रदान गर्नेछ ।
स्कीम बारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
कम्पनीले आफ्ना दुबै मोडलमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी प्रदान गर्ने जनाएको छ । अब एक सातासम्म चल्ने उक्त स्कीममा गाडी किन्नेले उत्कृष्ट अफर पाउने भएका हुन् ।

