ओमोडा/जेकोका कारमा ५ लाख १५ हजारसम्म छुट

काठमाडौं । ओमोडा/जेकोका विद्युतीय कार खरिद गर्दा ५ लाख १५ हजार रुपैयाँसम्मको छुट पाइने भएको छ ।

ओमोडा/जेकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले एक वर्ष पूरा गरेको अवसरमा उक्त छुट घोषणा गरेको हो ।

कम्पनीका अनुसार ओमोडा/जेकोका ईभी किन्ने ग्राहकले ३ लाख रुपैयाँ अनिवार्य नगद छुट पाउने छन् भने २ लाख १५ हजार रुपैयाँ बराबरको एसेसरिज तथा अन्य सुविधमा छुट पाउने छन् ।

जसमा ग्राहकले १ वर्षको इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क पाउने छन् । साथै, ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मका ब्याट्री र मोटरमा वारेन्टि प्रदान गरिने कम्पनीले जनाएको छ । ग्राहकले हरेक जेको तथा ओमोडाको खरिदमा ७ किलोवाट क्षमताको वाल चार्जर पाउने छन् ।

आजैदेखि लागू हुने उक्त छुट अफर आगामी ३१ मार्चसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

एसपीजी अटोमोबाइलले नेपाली बजारमा ओमोडा ई ५ र जेको जे ६ अफरोड एसयूभी बिक्री गर्दै आएको छ ।


Back_to_top