लिथियम ब्याट्री रिसाइक्लिङमा ठूलो सफलता, होलान् ईभी प्रयोगकर्ता ढुक्क ?

काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोग ब्यापक बन्दै जाँदा सन् २०३० भित्र ठूलो परिमाणमा ब्याट्री परिवर्तन गर्नु पर्ने छ । त्यति बेला लाखौं गाडीले ब्याट्री परिवर्तन गर्ने छन् । यसरी आउने ब्याट्री ब्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विश्वभरका अनुषन्धाकर्ता समाधान खोज्न दौडिरहेका छन् ।

रिसाइक्लिङमा चिनियाँ अनुसन्धानकर्ताहरुले ठूलो सफलता हात पारेको बताएका छन् । द इन्डिपेन्डेन्टले पहिलो पटक जर्मन शैक्षिक जर्नल एन्जेवान्ड्टे केमीको अध्ययनलाई रिपोर्टमा समेटेको छ । जसमा चिनियाँ अनुसन्धानकर्ताले ९९.९९ प्रतिशत लिथियम, ९७ प्रतिशत निकेल, ९२ प्रतिशत कोबाल्ट र ९१ प्रतिशत म्यांगनीज निकाल्न सफल भएको उल्लेख गरेको छ ।

अनुसन्धानकर्ताहरुले एमिनो एसिड प्रयोग गर्ने परम्परागत विधि नअपनाएर ‘तटस्थ लिचिङ’ निकासी विधि प्रयोग गरेको जनाएका छन् । यसले रिसाइक्लिङलाई सुरक्षीत र पर्यावरणमैत्री बनाउने दावी छ । यसले समय बचत गर्ने छ । यस विधिबाट १५ मिनेटमै लिथियम, निकल, कोबल्ट र म्याङ्गनीज छुट्टाउन सकिन्छ ।

अनुसन्धानकर्ताहरूले लिथियमलाई अझ प्रभावकारी रूपमा निकाल्न ‘ग्लाइसिन भनिने सरल एमिनो एसिड पनि प्रयोग गरे र त्यसपछि थप रासायनिक प्रतिक्रियाहरूबाट बच्न विशेष प्रक्रिया प्रयोग गरे। फलस्वरूप, हानिकारक उप-उत्पादनहरूको सम्भावना बन्यो । अध्ययनले यो प्रक्रियाले रिसाइक्लिंग लागत घटाउने पनि देखियो ।

यस खोजबाट विश्वभर ईभीमा प्रयोग भएको ब्याट्री कसरी रिसाइक्लिङ गर्ने भन्ने विषयमा भइरहेको बहसलाई अर्कै दिशा दिने अनुमान गर्न सकिन्छ । जसले वातावरण प्रति सचेत भएर ईभी चढ्दै आएका छन्, उनिहरुलाई यो समाचारले पक्कै उत्साहित बनाउने छ ।


Back_to_top