आश्माले पाइन् १ रुपैयाँमा एथर रिज्टा स्कुटर

काठमाडौं । ललितपुर हरिसिद्धी निवासी आश्मा दाहालले १ रुपैयाँमै एथरको रिज्टा इलेक्ट्रीक स्कुटर पाएकी छिन् ।

उनले दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११को ‘१ रुपैयाँ डिल’ अन्तर्गत ‘द बिगेस्ट सेल अफ दि इयर’ को ग्राण्ड प्राइज विजेता बन्दै उक्त स्कुटर पाएकी हुन् ।

दराज ११.११ अभियान नोभेम्बर १०को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म संचालन गरिएको थियो । ग्राहकहरूको अत्यधिक सहभागितापछि नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो ।

अभियानको नियमानुसार १ रुपैयाँ डिलका सामग्रीहरू सफलतापूर्वक अर्डर गर्नुका साथै सबैभन्दा धेरै डेलिभर भएका अर्डर पूरा गर्ने र न्यूनतम १० हजार रुपैयाँ खरिद मापदण्ड पूरा गरेका मध्येबाट आश्मा लक्की ड्रबाट विजेता छनोट भएकी हुन् ।

एथर रिज्टा इलेक्ट्रिक स्कुटर दैनिक प्रयोग र स्मार्ट शहरी यात्रालाई विशेष ध्यानमा राखेर डिजाइन गरिएको एथर इनर्जीको परिवारमैत्री स्कुटर हो । फराकिलो डिजाइन, उन्नत सुरक्षा फिचर्स, स्मार्ट ड्यासबोर्ड र सहज राइडिङ अनुभवका कारण एथर रिज्टा दिगो र व्यवहारिक इलेक्ट्रीक मोबिलिटीको नयाँ मानकका रूपमा परिचित छ ।


Back_to_top