कोरोनाको बाबजुद नेपाल आए विभिन्न कम्पनीका २० नयाँ मोडलका कार ( मूल्यसहित)

काठमाडौं । सन् २०२० को सुरुवातसँगै विश्व महामारीको रुपमा आएको कोभिड १९ ले सबै क्षेत्रलाई अस्तव्यस्थ बनायो । मानिसहरुको बजारमा चहल पहल बन्द प्रायः रहेको सन् २०२० को अन्तिम महिनासम्म आइपुग्दा अटो बजारमा निकै ठूलो चहल पहल देखिन्छ ।

सन् २०२० को जनवरीदेखि डिसेम्बरको पहिलो सातासम्म नेपालमा विभिन्न कम्पनीका २० नयाँ मोडल नेपाल आएका छन् । यस अवधिमा हुन्डाईले सबैभन्दा धेरै तीन मोडल नेपाल ल्याएको छ भने, कियाले दुई, रेनोले दुई, फक्सवागनले दुई मोडल नेपाल ल्याएका छन् । नयाँ ब्राण्डको रुपमा बिएमडब्ल्यू नेपालमा प्रबेश गरेको छ ।

यसअवधिमा महिन्द्रा र फोर्ड जस्ता कम्पनीले नयाँ मोडल ल्याएनन् । फोर्डले बीएस ६ मा आफ्नो सबै मोडल उपलब्ध गरायो ।

सन् २०२० मा नेपाल प्रबेश गरेको सबैभन्दा सस्तो मोडल डाट्सन रेडी गो हो । यसको मूल्य २३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री सुरु गरेको थियो । यहि अवधिमा नेपाल आएको सबैभन्दा महंगो गाडी बिएमडब्ल्यू ७ सिरिज रहेको थियो ।

सन् २०२० को सुरुवातमा नेपाल आएको किया सेल्टोस विभिन्न ७ भेरियन्ट र दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । यसको सुरुवाती भेरियन्टको मूल्य ४९ लाख ९० हजार रहेको छ भने, टप भेरियन्टको मूल्य ७६ लाख ९० हजार रुपैयाँ रहेको छ ।

रेनोले आफ्नो एमपीभी टाइबर पनि २०२० मा नै नेपाल ल्याएको हो । रेनो टाइबरको मूल्य २८ लाख ७० हजारदेखि ३४ लाख ४९ हजारसम्म कायम गरेर बिक्री हुँदै आएको छ ।

स्कोडा र्यापीड टिएसआई पनि यहि वर्ष नेपाल आएको मोडल हो । यसको मूल्य ३५ लाख ९० हजार देखि ५८ लाख ९० हजार रुपैयाँसम्म रहेको छ । स्कोडा र्यापीड विभिन्न १० भेरियन्टमा बिक्री हुँदै आएको छ ।

हुन्डाई अउरा सेडान यहि वर्ष नेपाल आएको अर्को नयाँ मोडल हो । अउराको एउटा मात्रै भेरियन्टमा बजारमा उपलब्ध रहेको छ । यसको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

मारुती सुजुकी भिटारा ब्रेजा पेट्रोल पनि नयाँ आएको मोडल हो । यसअघि डिजेल इन्जिनमा उपलब्ध ब्रेजा अब पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहेको छ । विभिन्न तीन भेरियन्टमा बिक्री भइरहेको नयाँ ब्रेजाको सुरुवाती मूल्य ४१ लाख ६९ हजार र टप भेरियन्टको ४४ लाख ९९ हजार रुपैयाँ मूल्य कायम भएको छ ।

टाटा अल्ट्रोज प्रिमियम ह्याचव्याक सेग्मेन्टमा टाटाले ल्याएको पहिलो कार हो । यसलाई लकडाउन सकिएसँगै कम्पनी विभिन्न ४ भेरियन्टमा सार्वजनिक गरेको हो । यसको मूल्य २९ लाख ९९ हजारदेखि ३८ लाख ५५ हजारसम्म कायम गरेर बिक्री वितरण हुँदै आएको छ ।

हुन्डाईले यहि वर्ष ल्याएको अर्को मोडल ग्राण्ड आई १० नियोस हो । कम्पनीले यसलाई विभिन्न तीन भेरियन्टमा बजारमा ल्याएको छ । कम्पनीले नियोसको सुरुवाती मूल्य ३० लाख ९६ हजार रुपैयाँ तोकेको छ भने, टप भेरियन्टको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

सन् २०२० मा नै नेपाल आएको अर्को मोडल हो डिएफएसके ग्लोरी ५६० हो । एसयूभी सेग्मेन्टमा आएको ग्लोरी ५६० को मूल्य ५७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

हुन्डाईको बहुचर्चित एसयूभी क्रेटाको नयाँ जेनेरेशन मोडल दशैंअघि नेपाल आएको मोडल हो । विभिन्न ५ भेरियन्ट र दुई इन्जिन अप्सनमा उपलब्ध क्रेटाको सुरुवाती मूल्य ४३ लाख ९६ हजार र टप भेरियन्टको ६६ लाख ९९ हजार मूल्य तोकेर बिक्री वितरण हुँदै आएको छ ।
रेनो क्वीड फेसलिफ्ट पनि नेपाल आएको नयाँ मोडल हो । यसको सुरुवाती मूल्य २४ लाख ९९ हजार र टप भेरियन्टको मूल्य २६ लाख ४९ हजार रुपैयाँसम्म कायम भएको छ ।

टोयोटा कोरोला क्रस दुई भेरियन्टमा नेपाल आएको छ । यसको सुरुवाती भेरियन्टको मूल्य १ करोड १२ लाख र टप भेरियन्टको १ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

डाट्सन रेडी गो फेसलिफ्ट पनि दशैंअघि नेपाल आएको नयाँ कार हो । यसको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

फक्सवागन पोलो र भेन्टो नेपाल आएको नयाँ मोडल हो । टिएसआई पोलोको सुरुवाती मूल्य ३६ लाख ९० हजारदेखि टप भेरियन्टको मूल्य ४७ लाख ४९ हजारसम्म रहेको छ । साथै भेन्टोको मूल्य ३९ लाख ४० हजारदेखि ५४ लाख ४० हजारसम्म रहेको छ ।

किया सोनेट केहि दिनअघि मात्रै नेपाल आएको मोडल हो । यसको सुरुवाती मूल्य ३५ लाख ९० हजारदेखि टप भेरियन्टको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ ।

बिएमडब्ल्यू ब्राण्ड नेपाल आएको नयाँ ब्राण्ड हो । कम्पनीले आजबाट बिएमडब्ल्यूका कारको आधिकारीक बिक्री सुरु गर्दैछ ।


Back_to_top