जावा पेराकको नेपालमा विक्री सुरु, मूल्य ७ लाख ५० हजार

काठमाडौं । जावाको चर्चित मोटरसाइकल पेराक नेपालमा विक्री सुरु भएको छ । जावाको आधिकारीक वितरक अग्नी मोटोइन्कले ७ लाख ५० हजार मूल्य निर्धारण गरेर विक्री सुरु गरेको हो ।

चेक रिपब्लीकको आइको निक ब्राण्ड जावा यहि वर्षबाट नेपालमा विक्री सुरु भएको ब्राण्ड हो । नयाँ मोडल सार्वजनिकसँगै कम्पनीले जावा क्लासिक, जावा ४२ र पेराकगरि तीन मोडल नेपालमा विक्री गर्दै आएको छ ।

कम्पनीले उपत्यकामा आज एक कार्यक्रमगरि पेराक सार्वजनिक गरेको हो । बबर स्टाइलमा तयार भएको जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिस मोटर शोमा पेश गरिएको पेराकबाट लिइएको हो । नयाँ पेराकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ, जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ ।

उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ भने सुरक्षाको लागि ड्युअल च्यानल एबीएस दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् ।


Back_to_top