स्कोडा कुशक सार्वजनिक, यस्ता छन् फिचर र मूल्य

काठमाडौं । स्कोडाले भारतको मुम्बईमा हिजो एक कार्यक्रम आयोजनागरि कुशकको ग्लोवल प्रिमियर गरेको छ । कम्पनीले स्कोडाको भारतमा २० वर्ष पुरागरेको अवशरमा कुशकको ग्लोवल प्रिमियर गरेको हो ।

भारतमा नयाँ रणनीति निर्माण गरेर काम सुरु गरेको स्कोडाले भिजन २.० अन्तर्गत यसको उत्पादन सुरु गरेको हो । कम्पनीले यसलाई एमक्यूबी–एजिरो–इन प्ल्याटफर्ममा यसको निर्माण गरिरहेको छ ।

स्कोडा कुशकमा १.० लिटर र १.५ लिटर टिएसआई पेट्रोल इन्जिन दिइएको छ । कम्पनीले प्रयोग गरेको १.० लिटर टर्बो टिएसआई इन्जिनमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर गियरबक्स दिइएको छ । उक्त इन्जिनले ११५ पीएस र १७५ एनएम टर्क प्रदान गर्छ । साथै कम्पनीको १.५ लिटर टर्बो इन्जिनले अधिकतम १५० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसमा भने ६ स्पीड म्यानुयल र ७ स्पीड डिएसजी गियरबक्स दिइएको छ ।

निकै वोल्ड र मोर्डन लुक्समा देखिएको कुशकको लम्बाई ४२२५ एमएम, चौडाई १७६० एमएम, उचाई १६१२ एमएम र ग्राउन्ड क्लियरेन्स १८८ एमएम रहेको छ । यसमा ह्वीलवेस भने २६५१ एमएम रहेको छ । यसमा १० इन्चको डिजिटल इट्रुमेन्ट क्लष्टर, स्मार्टफोन कनेक्टीभीटी, टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, एम्बीयन्ट लाइट, भेन्टीलेटेड फ्रन्ट सिट, वायरलेस चार्जिङ, कुल्ड बक्स, ६ स्पीकर, इन्टरनल मेमोरी स्टोरेज, माइ स्कोडा कनेक्ट फिचर यसमा उपलब्ध रहेको छ ।

कुशकको टप भेरियन्टमा ६ वटा एयरव्याग, आइएसओफिक्स चाइल्ड सिट, अटो हेडल्याम्प, मल्टी कोलिजन ब्रेकिङ सिस्टम जस्ता फिचर यसमा उपलब्ध रहने छ । कम्पनीले कुशकको प्रडक्सन मोडल सार्वजनिक गरिसकेको कारण चाँडै विक्री सुरु हुने अनुमान गरिएको छ । यद्यपी कम्पनीले यसको विक्री सुरु गर्ने मिति घोषणा गरेको छैन । साथै, यसको मूल्य किया सेल्टोस र हुन्डाई क्रेटाको जस्तै १० लाखदेखि १६ लाख भारतीय रुपैयाँसम्म कायम हुने अनुमान गरिएको छ ।


Back_to_top