पेट्रोलको भाउ बढ्यो, डिजेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

निगमले डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर १ रुपैयाँ घटाएकोे हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ .५० रुपैयाँ, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४६. ५० रुपैयाँ, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।


Back_to_top