दुई हप्तादेखि बाटो बन्द हुँदा बोकेर ल्याइयो ‘उड्ने कार’

काठमाडौं । तातोपानी नाका तर्फको सडक दुई सातादेखि ठप्प रहँदा नाडा अटो शोको मुख्य आकर्षण हुने भनिएको उड्ने कार मानिसलाई बोकाएर ल्याइएको छ । चांगानको विद्युतीय उड्ने कार भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा प्रदर्शनी गरिनेछ ।

नाडा अटो शोको मुख्य प्रायोजक रहेको एमएडब्लू वृद्धिले यो फ्लाइङ कार पहिलो पटक नेपाल ल्याउन लागेको हो । यसलाई दीपलको ब्राण्डमा ल्याएको हो । यसको नाम ‘दीपल ई-भोल्ट’ राखिएको छ ।

नेपालमा पहिलो पटक आउने लागेको फ्लाइङ कार हेर्न धेरै मानिस उत्सुक छन् । जसरी नेपाल प्रबेश गरेको पहिलो कार मानिसले बोकेर भिमफेदीबाट काठमाडौं ल्याएका थिए । त्यसैगरी पहिलो पटक नेपाल आएको उड्ने कार पनि मानिसले बोकेर नेपाल ल्याउनु परेको हो । यी दुबै घटनाको मुख्य कारण भने बाटो बन्न पुग्यो ।

चांगानले विकास गरेको इलेक्ट्रीक ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर रहेको ई-भोल्ट फ्लाइङ कार ’लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी’ प्रयोग भएको कार हो । साथै, कारमा दीपलले प्रयोग गर्दै आएको फिचरहरु पनि यसमा छन् ।

चांगान ग्रुपले ई-भोल्ट फ्लाइङ कार टेक्नलोजीमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरेको छ ।

दीपल ब्राण्डले नेपालमा पहिलो पटक उड्ने कार ल्याएर इतिहास बनाएको छ । यसले भोलिका दिनमा उड्ने कार खोज्ने नेपालीको चाहना पनि पुरा गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top