साउनदेखि काठमाडौंमा ब्लू बस चलाइने, यी रूटमा गुड्ने

काठमाडौं । सरकारले आगामी साउन १ गतदेखि काठमाडौं उपत्यकामा ब्लू बस संचालन गर्ने तयारी गरेको छ । पूर्वाधार विकास मन्त्रालयले पहिलो चरणमा काठमाडौंमा ८ वटा ‘ब्लू बस’ सेवा संचालन गर्ने तयारी गरेको हो ।

बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक (चैत १३ गते)ले स्वीकृत गरेको सरकारको १०० दिनको कार्यसूचीमा महिलालाई सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लू बस’ चलाउने उल्लेख छ । सो अनुसार पहिलो चरणमा काठमाडौंका ब्लू बस संचालनको तयारी गरिएको हो ।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले पहिलो १०० दिनमा २५ वटा बस संचालन गरिने लक्ष्य रहेको बताए । उनका अनुसार काठमाडौंमा बस सेवा संचालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरिसकेका छ । मन्त्रालयबाट सहमति प्राप्त भएपछि पहिलो चरणमा साउन १ गतेदेखि बस सेवा संचालन गरिने छ ।

प्रारम्भिक चरणमा चक्रपथसहित तीन रटमा ब्लू बस संचालन गर्ने तयारी छ । लगनखेल–बुढानीलकण्ठ र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा २/२ वट बस संचालन गरिने छ ।

त्यस्तै, चक्रपथ क्षेत्रमा चार वटा बस संचालन गरिनेछन् । जसमध्ये दुई वटा ‘क्लकवाइज’ र दुई वटा ‘एण्टिक्लकवाइज’ दिशामा संचालन हुने मन्त्रालयले जनाएको छ ।


Back_to_top