निसान म्याग्नाइट र रेनो काइगरको मूल्यमा यस्तो छ अन्तर

काठमाडौं । केही महिनाअघि नेपाली बजारमा आएको निसान म्याग्नाइट सबैभन्दा कम मूल्यको एसयूभी थियो । तर, रेनो काइगर नेपाल आएसँगै त्यो ताज काइगरले खोसेको छ ।

यहाँ हामीले दुबै कारमा प्रयोग भएको १.० लिटर नेचुरल एस्पार्ड इन्जिनको मूल्यलाई प्रस्तुत गरेका छौं ।

रेनोले १.० लिटर नेचुरल एस्पायर्ड इन्जिनमा ७ भेरियन्ट बजारमा उतारेको छ भने निसानले ६ भेरियन्ट विक्री गर्दै आएको छ । निसानसँग अटोमेटिक भेरियन्टमा १.० लिटर नेचुरल एस्पायर्ड इन्जिनमा कुनै भेरियन्ट ल्याएको छैन ।

निसान म्याग्नाइट एक्सएल वेस, एक्सएल मिड, एक्सभी अपर-मोनो, एक्सभी अपर ड्यूल, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल भेरियन्ट उपलब्ध रहेको छ ।

रेनोले भने आरएक्सइ, आएक्सएल, आरएक्सएल अटोमेटिक, आरएक्सटी, आरएक्सटी अटोमेटिक, आरएक्सजेड र आरएक्सजेड अटोमेटिक भेरियन्ट नेपाल ल्याएको छ ।

दुबै कम्पनीले ल्याएका भेरियन्टको मूल्य यस प्रकार छन् ।


Back_to_top