टाटा नेक्सन इभी काठमाडौं वरपर परिक्षण हुँदै (भिडियोसहित)

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटाको बहुप्रतिक्षित इलेक्ट्रीक एसयूभी नेक्सनको परिक्षण सुरु गरेको छ । कम्पनीले दुई नेक्सन काठमाडौं ल्याएर रोड वर्दिनेस टेस्ट पास गरेसँगै सडक परिक्षण सुरु गरेको हो ।

जुलाई १५ बाट विक्री सुरु गर्ने तयारी गरेको भएपनि कम्पनीले एउटा गाडीको ५ हजार किलोमिटर परिक्षण गरेपछि मात्रै विक्री सुरु गर्ने भन्दै विक्री गर्ने मिति सारेको जनाएको छ । अहिले एउटा सहरी क्षेत्रमा र एउटा हाइवेमा परिक्षण चलिरहेको कम्पनी स्रोतले जनाएको छ । संभवत आगामी जुलाई २७ तारिकबाट यसको विक्री सुरु हुनेछ ।

सिप्रदी ट्रेडिङले नेक्सन इभीसँगै फास्ट चार्जरपनि नेपाल ल्याएको छ । देशका विभिन्न क्षेत्रमा पहिलो वर्षमा नै एक दर्जनभन्दा धेरै स्थानमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्नेगरी काम भइरहेको कम्पनीले जनाएको छ ।

नेक्सन इभी नेपालमा अहिले धेरै ग्राहकले पर्खिरहेको इलेक्ट्रीक एसयूभी हो । विशेषत २०५ एमएमको उच्च ग्राउन्ड क्लेयरेन्स र कम मूल्यको सब फोर मिटर एसयूभी भएकै कारण अहिले यसको चर्चा निकै रहेको पाइन्छ ।

टाटाको जिपट्रोन प्ल्याटफर्ममा बनेको नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री रहेको छ भने, यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । एआरएआईको अनुसार एक पटकको फुल चार्जमा यसलाई ३१२ किलोमिटर गुडाउन सकिने प्रमाणित गरिएको छ । तर, विभिन्न एजेन्सीले गरेको परिक्षण अनुसार गाडीमा भएका सबै इलेक्ट्रोनिक्स डिभाइसको प्रयोग गरेर सहरी क्षेत्रमा चलाउदा २१६ किलोमिटर रेञ्ज प्रदान गर्ने देखिएको छ ।

नेक्सन इभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डल जस्ता फिचर पाउन सकिन्छ ।

यसको इन्टेरियरमा ट्राइयरो थिम पाउन सकिन्छ । लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सकितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top